
गायक पृथ्वी खनाल भ्वाइस अफ नेपाल २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीतमार्फत उनले पहिचान बनाएका छन् । सशस्त्र प्रहरी बलका निरीक्षकसमेत रहेका खनालको ‘मन सानो’ गीत सार्वजनिक भएको छ ।
पृथ्वीकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन साहस शाक्यको छ । गीतमा भ्वाइस अफ नेपाल ६ का सेमिफाइनलिस्ट ईन्द्रकला राई र दृष्टिविहीन प्रतिभा विकास थारुको आवाज छ ।
म्युजिक भिडियोको निर्देशन लोकेन्द्र सुब्बाले गरेका छन भने रोश्नि कार्की र पृथ्वी खनालले अभिनय गरेका छन् । पृथ्वीका गीतमा देशभक्ति, सामाजिक सन्देश र प्रेम चित्रित हुन्छ । उनका चर्चित गीतमा देशको माया, सपना साकार, माया तिमी लगायत छन् ।
सशस्त्र प्रहरी बलमा उनले सीमा सुरक्षा, आपतकालीन उद्धार र आतंकवाद नियन्त्रण जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । उनी यो गीतले स्रोतको मन जित्नेमा आशावादी छन् ।