गीत

अझै पनि हृदयमा तिम्रै माया लुकि रा’छ
तिमीलाई बेचैन छ, यता मन दुखिरा’छ ।

तिमी मेरै हौ भनेर भन्न पनि नसकिने
मर्दापर्दा आफन्तमा गन्न पनि नसकिने
बग्छ खोली सललल, तिमी र म किनारमा
बिना सुरको गीत भएं, लय छुट्यो गितारमा।

अझै पनि हृदयमा तिम्रै माया लुकि रा’छ
तिमीलाई बेचैन छ, यता मन दुखिरा’छ ।

ओठ खोल्नै पर्दैनथ्यो एकअर्कालाई देखे पुग्थ्यो
पढ्ने बेला कपि भित्र तिम्रै नाम लेखे पुग्थ्यो
नबोलेरै माया बस्ने हाम्रो त्यस्तै बेला थियो
यादहरु आइरा’छन् ” ढुगेसाउको मेला थियो”।

अझै पनि हृदयमा तिम्रै माया लुकि रा’छ
तिमीलाई बेचैन छ, यता मन दुखिरा’छ ।