साहित्य

कविता: आज पनि दिन अपूर्ण नै बित्यो ‘

दश बज्नुअगावैहतार हतार अफिस पुगेरऔंला थिचेर विद्युतीय मेशिनमाहाजिर जनाएपछि बल्ल जोगिन्छ जागिर, रअडेसामा रातो बुट्टे रुमाल राखेको मेचमा आरामले बसेरविदेशीदाताको सहयोगमा जडिएकोकम्प्युटरको स्विच अन गरेरठूलो मनिटरमा फेसबुक पेज खोलेसँगै सुरु हुने गर्छ अफिस आज फेसबुक खोल्दा, ठूला नेता र तिनका आसेपासेलेवडा अध्यक्षको मितको निधनको खबर ब्रेक गरिसकेका रहेछन्राजनीतिसम्म पुग्ने अंकुश राख्नै प¥योआफूलाई गाउँलेसँग नजिक रहेको देखाउनै प¥योस्तब्ध छु, हार्दिक समवेदना लेख्नै प¥योत्यसैको तलमहानिर्देशकले आफ्नी श्रीमतीकोजन्मिदिनको केक काटेको फोटोभर्खरै अफिस आएरै… पुरा पढौ

कविताः कागजको नाउ

हिजोआज म एक रुमानी कविता लेखिरहेछुकागजको नाउ बनाएर सागर तर्ने सपना देखिरहेछुजिन्दगीभर कमाएकासुख र दुखका पोकाहरूलाञ्छना र अवज्ञाका सबै सबै आम्दानीहरूयही नाउमा भराएरसागर तरेर हिमाल चढ्नु छ मैलेहिमाल चढ्नुअघि लामो लडाइँ लड्नु छकाँधमा बोकेको पुर्खाको धरोहर"संसार जित्ने गोर्खे"पुर्खाकै तक्माहरू हेरिबसेको छुअनि कहिलेकाहीँ भूपिलाई पढ्छुकस्तो खिल्ली उडाएका हाम्रो स्वाभिमानको"हामी बुद्धु छौं र त वीर छौँ"इतिहास मेरो वीरताको मात्र थिएनसरलताको पनि थियोतर,न वीरता, न सरलतादुवै पराजित भएसमयको चक्रव्यूह तोड्न नसक्नेअभिमन्यु पुर्खामेरा पुर्खा… पुरा पढौ

कविता: कृत्रिमता

शहरमा स्तनपान नगराउने होड छबूढीऔँला चुसेर हुर्कंदै छन् शिशुहरूतिनका बाउहरूलाई तिनका आमाकाझोल्लिएका स्तन मन पर्दैनन्लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरूसिलिकन भरिएका वक्ष भरिला छन्विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचाभट्ट्याइरहेका छन्ः'यो संसार ब्युटिफुल र ह्यान्डसम'हरूको मात्र हो'यो कृत्रिमताको महामारीमानसोधे हुन्छ क्षेम–कुशलकसैलाई सञ्चो छैन यहाँसबथोक कृत्रिम छन्प्रेयसीको चुम्बनमा आसक्ति छैनलिपस्टिकको छापमात्र छप्रेमीको अँगालोमा प्रणयको सुवास छैनअत्तरको गन्धमात्र छसबथोक कृत्रिम छन्बस, बजारको मुस्कुराहट प्राकृतिक छकुनै दिन बजारलेउत्पादन गर्नेछ पीडाको केकर आँशुको मैनबत्तीअनि जखमी मान्छेलेघाउको… पुरा पढौ

कविता: कारण

आँखा खुलेकै कारण सपना टुटेको होविश्वास गुमेकै कारण रहस्य खुलेको होऔषधि नभेटिएकै कारण मुटु चर्किएको होघातको माला पहिरिएकै कारण घाइते भएको हो। विश्वास पनि यति बिग्न गरियोत्यही कारणले असह्य चोट खाको होमुटु दुखेकै छ, दुख्छ घरीघरीत्यही दुखाई सहन गाह्रोभएकै कारण छाती चर्केको होकमजोर त हैन र थिइनँ पनिकमजोर बनाउन कमसल हरियार प्रयोगगरेकै कारण बिंड हातमा भाको हो। गहिरो खेलमा परेकै कारण खेलाडी भाको होदुनियाँ बैरो भएकैले न्याय हराएको होउनलाई काखमा… पुरा पढौ

खोपबारेका चार लघुकथा

१.खोप लगाउने पालो जेष्ठ नागरिकको थियो | खोप केन्द्रमा ला…मो लाइन थियो | युवाहरु धकेलाधकेल गर्दै बीचमा छिरिरहेका थिए | लाइनको बीचमा छिर्ने प्रतिष्पर्धाले जेष्ठ नागरिकहरु धकेलिदै धकेलिदै डांडामाथिको जुन भएका थिए |‘ मलाइ वडा अध्यक्षले पठाउनु भएको ‘ – उसको पाखुरामा सुई लाग्यो |‘ मलाइ मुन्द्रेदाइले पठाएको ‘- जगल्टेको पाखुरामा सुइले छेड्यो |‘ म मन्त्रीको मान्छे ‘- सुकिलोको पाखुरामा मुकिलो सुइले छेड्यो |‘ म जेष्ठ नागरिक ‘ – २८… पुरा पढौ

कविताः मित्रता

मुटुको बाँध भत्काएरजब बग्न थाल्छ आत्मीयताको भलपाहाडी झरनाको निर्मल पानीझैँअविरल प्रतिध्वनित हुन्छएकान्त पलहरूमा पनितिमीले जान्नु,मित्रताले जरा गाडेकै होअन्तरमनमा डेरा हालेकै हो मित्रताले यसघरीजन्मदिन अथवा विवाह वार्षिकमाउपहारको पोको पठाउन सकेँ/सकिनँबन्धुत्व दिवसको दिनसूर्योदय हुँदाहुँदैशुभकामनाहरू पठाउन भ्याएँ कि भ्याइनँअथवा अरू दिवसहरूको शुभमुहूर्तकोसूर्यास्तको समयमाब्रह्मपुत्रको निलो पानीमा आफ्नो छायाँहेरिरहेको बेलामैले 'हाय' 'हल्लो' भने कि भनिनँयी सबै कुराहरूको महत्व कति हुन्छ ?सायद, धेरै औपचारिकता निभाइनँ होलादेखासिखी गर्ने समय भएन होलाअनि यसरी नै चिप्लिएर गए होलान्प्रत्येक दिवसविशेष… पुरा पढौ

गीत : मैले नदी तर्दा तर्दै तुइन काट्छौ…

मैले नदी तर्दा तर्दै तुइन काट्छौ कहिलेमेरो साँध मिच्छौ, मैलाई गोली दाग्छौ कहिलेरवैया छ चर्को तिम्रो, नियत छैन निकोकहिले दिन्छौ परिचय असल छिमेकीको ? माटोमाथि आँखा गाड्छौ, पानीमाथि गाड्छौडर, धम्की देखाइ स्वार्थ पूरा गरी छाड्छौकहिले हिमाल दावी गर्छौ, कहिले बुद्द दावीकसरी दिउँ बैगुनीलाई पटक पटक माफी ? मित्रको दिल जलाएर कोही महान् हुन्नफूलमा तरवार चलाएर कोही महान् हुन्नझिक चाँडै मगजबाट अहम् भाव झिकछिमेकीलाई छिमेकीको दर्जा दिन सिक । पुरा पढौ

अम्बिका र विमलाको नयाँ तीजगीत

वर्षभरीका दुःखसुख साटासाट गर्ने नेपाली नारीको पर्व हरितालिका तीज आउँदै छ । महामारीकै बीचमा पनि तीजलाई लक्षित गरी नयाँ नयाँ गीत सार्वजनिक भइरहेका छन् । पोखरामा क्रियाशील गायिक अम्बिका भण्डारी र अहिले अमेरिकामा रहेकी विमला निरौलाले नयाँ गीत बजारमा ल्याएका छन् । निरौलाको रचनामा ‘प्रवासमा चेली’ बोलको गीत हालै सार्वजनिक भएको छ । प्रवासमा रहेका नेपाली नारीको भावना गीतमा समेटिएको निरौला बताउँछिन् । गीतमा स्वर र लय भण्डारीले दिएकी छन्… पुरा पढौ

कथा: हिसाबै छैन

उद्घोषकले भनि रहेका थिए - यी नानीहरुको बाबालाई बलजफत पग्रियो || बाबाले छोरीहरुलाई फोन गर्दा गर्दैको अवस्थामा लगिएको थियो | उहाँले फोनमा छोरीहरुलाई राम्रो झोला र जाली चप्पल ल्याइ दिने भन्नु भएको थियो रे | छोरीहरुको मनमा यो आवाज अहिले पनि गुन्जि रहेको होला | दिदीले बाटोमा खानको लागि गुणपाप्री राखि दिनु भएको रहेछ | तर त्यो पनि खानु भएको रहेनछ | सायद छोरीहरु बिना खान रुचेन होला | उहाँले… पुरा पढौ

नहराएको टिपनको खोजीमा

आस्थाका आँखाहरू धमिला भएपछिइतिहासलाई निचोरेको थिगार बोकीएउटा लाम हिँडिरहेको छसमाप्तिको आशामाएउटा अनन्त यात्राहराउँदै नहराएको आफ्नो अस्तित्वकोटिपन खोज्दैअस्पतालमा प्रसव वेदनामा छ्टपटाइरहेकी आमाछोरा-छोरीको भविष्य कति छ सुरक्षितप्रतियोगिताको होडमा कति जोड दिन सके मात्र टिक्न सक्छ उनीहरूको नाउँ?यी सबै प्रश्नहरू अर्थहीन भएझैँ अनुभव हुन्छहराउँदै नहराएकोटिपनको अस्तित्व खोज्नु परेकोमाआफ्नै चिनाको स्वीकृतिको मागराख्नु परेकोमाघरअघिको वेकाबु खोलाको भत्किएको पुलपुन:निर्माणका सपनाहरूप्रगतिका सोपानहरूजीवन जिउने आधुनिक उपकरणहरूका अघिहराउँदै नहराएकोटिपनको अस्तित्व खोज्नु परिरहेको छजीवनका अमूल्य क्षणहरूबेकाम खर्चिनु परिरहेछटिपन हराउनु भावनात्मक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं