साहित्य

प्रचण्डको ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।  पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन्। संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता,… पुरा पढौ

कविता : गोरु !

साहुको खेतबारीजोते पनि / नजोते पनिगोरु भनेको गोरु नै होत्यो क्रमशः बुढो हुन्छकमजोर, निकम्मा र बेवारिस हुन्छ ।वैंसमाबहर हुँदाजुरो हल्लाउँदैगाउँ, डहर र फाँट डुलेकै होबारीका कान्लाहरुमासिँगौरी खेल्दैकेटाकेटी र बुढाबुढी तर्साएकै होगोठ नै उचालौंला झैँ गरीडुक्रेको पनि त उबेलाअहिले पोगोठ पनि आफ्नो भएन ।झरी भनेनबादल र वर्षा भनेनचर्को घाम या हावाहुरी भनेनप्राययाम परालको भरमाधान फलाउने यात्रामा जुटिरह्योढोड र डाँठको भरमामकै फलाउने यात्रामा जुटिरह्यो ।लटरम्म घाँस फलेकोसाउने बारीमामुखभरि मौलो भिरेरजुवामा नारिइरहँदाके सोच्दो… पुरा पढौ

कविता : भात (सत्ता र शक्ति)

भात खानै नपाएपछिहामीले विकल्प रोज्यौैँ केही ताता शब्दहरू बटुल्यौँकेही राता टालाहरू जोड्यौँकही घोचाहरू काट्यौँकेही मोहराहरू बनायौँरहातमा हात समाउँदैकाँधमा काँध मिलाउँदैघर घर डुल्न थाल्यौँवस्ती वस्ती पुग्न थाल्यौँ हे अँध्यारोका वासिन्दाहरू होहे चिसोका निवासीहरू होतिम्रो नामको घाम सधै सहरमा उदाउने गर्छतिम्रो नामको उज्यालो सबै सहरमा झर्ने गर्छतिम्रो नामको न्यानो जम्मै सहरमा पाखिने गर्छकदापी वस्न हुँदैन यो चिसो भूतलमा यसरीकदापी वस्न हुँदैन यो कठ्याङरिदो वस्तीमा यसरीकदापी वस्न हुँदैन यो शितोष्ण धरातलमा यसरी जागउठपच्छ्याउ… पुरा पढौ

गजल

गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छहेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।। अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्रभन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।। जालझेल अनि हिंसाको राजनीति कहिलेसम्म होला ?देश समृद्ध बन्न अझै कति नागरिक हराउनुपर्छ ? कर तिर्नकै लागि सरकार करकर गरिरहन्छ सधैआफू भोकै बसेर पनि उहाँको पेट भराउनुपर्छ ।। भेडाहरुलाई संसद् भवन छिराएर देश बन्दैनतिनलाई त भोकै राखेर जङ्गलमै चराउनुपर्छ ।। पुरा पढौ

मुक्तक : सम्बन्ध

१.जब जब सम्बन्धमा दरार आउन थाल्छमन्दिर कि त ज्योतिष तब धाउन थाल्छ ।।विश्वासले टिकाएर यसमै जिउँछ मान्छेसार्थक बने हर सम्बन्छ सुख छाउन थाल्छ ।। २. सम्बन्धलाई टिकाउनु ठुलो मान्छु म तसिक्नुभन्दा सिकाउनु ठुलो मान्छु म त ।।प्रेम, सद्भाव,विश्वासले लोकप्रिय बन्दैसाँच्चै बोली बिकाउनु ठुलो मान्छु म त ।। ३. साथीसङ्गी छोरीचेली नाता अनेक अनेककिताबपिच्छे भएजस्तै गाता अनेक अनेक ।।घामपानी ओत्ने एउटै लक्ष्य भए पनिबजारमा पाइएजस्तै छाता अनेक अनेक ।। ४. विपत्तिमा… पुरा पढौ

कविता : यात्रा जीवन

बाढी आउँछपहिरो आउँछजिन्दगी नै बग्छआँधी आउँछहुरी आउँछजिन्दगी नै उड्छ । आगो बल्छडढेलोमाजिन्दगी नै जल्छशिरैमाथि चट्याङ पर्छजिन्दगी नै डढ्छ । पाइलामुनि धर्ती फाट्छत्यहीँ गर्तमा पर्छगर्भमै मर्छकहिलेनहुर्किंदै मर्छखाँदाखाँद‌ै स्वास नलीरोकिएर मर्छत्यही मान्छे बैरी बन्छअरुलाई सताउँछ । किन मान्छे सुझ्दैन ?किन मान्छे बुझ्दैन ?जिन्दगीकोयात्रा योकठिन कठिन छ।। [[ अमर शिला ]] पुरा पढौ

लघुकथा : परिस्थिति

"बाढी पस्दा जता उच्च ठाउँ छ उतै भागियो । पहिरो जाँदा जता सम्म छ उतै दौडिइयो । राजनैतिक संकटकाल आयो, घरमा लुकेर बसियो । फेरि कालान्तरमा ठूलो भुकम्प आयो , घर छोडेरै खुला चौर खोज्दै भागियो। कहिले के, कहिले के ! " हुँदा हुँदै अहिले फेरि नौलो रोग पनि भित्रीयो । घर घरमै आफैले लक्ष्मण रेखा कोरेर बस्नु पर्‍यो । " रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो… पुरा पढौ

गीत

धर्ती छोडी गयौ प्रिया आधा जिन्दगीमाझेल्दैछु म एक्लै पीर, बाधा जिन्दगीमा तिमी गयौ जिन्दगीको चाँदनी त्यो गयोकालो रातमा भीरको बाटो हिँड्नुपर्ने भयोसम्झनाको डढेलोले छाती डढाईदियोउठ्न खोज्दा नियतिले भुइँमा लडाइदियो मुटु गाँठो पार्छु, तथ्य खोल्न सक्दिन मआमा खोई ? भन्छ छोरो बोल्न सक्दिन मघरि मुर्छा पर्छु , घरि फर्किन्छु म होशमाखुसी भन्ने शब्द छैन मेरो शब्दकोषमा । पुरा पढौ

कविता : अतीत

तिम्रो आगमनको प्रतीक्षामाआल्हादित बनिरहयो मनकहिले सुनाखरी सरी लहरियो तकहिले शीतसंगै सेताम्मेफिजिए यादहरु। तिम्रो आगमनको प्रतीक्षामाभन्ज्याङ्गमा तिमीलाई पर्खीगाइरहे तिम्रै गीतहरुशिरैभरी सिउरिएँरातै लालीगुराँसतिमीले सिउरिदिए जस्तै। तिम्रो आगमनको प्रतीक्षामानूतन यामहरु फेरिएकहाँ खोजिनँ तिमीलाई ?जून तारालाई सोधेंमन्द मन्द पवनलाई सोधेनीलो गगनसंग सोधेकहि देखेकी तिमीलाई ? तिम्रो आगमनको प्रतीक्षामाश्यामश्वेत भइसकेतिम्रा तस्बिर नयनभरीनिर्जीव प्रायः बनिसक्यो जीवनतरतिम्रो सामीप्यताको कल्पनालेमात्रै पनि सल्बलाउछन्यी अवयवहरुबौरीन्छु म एकाएकतिमी आफैँ भनम कसरी भूलूँ मेरो अतीत ? पुरा पढौ

गजल

धुवाँ धूलो त के कुरा, गोली बारुद चले पनिमलाई मेरै नेपाल प्यारो, रोग र भोकले ढले पनि ।। नसामा नदी कोशी र काली, जन्मेको माटो मुटुमा सधैसधै धरहरा शिरमा मेरो, दरबार त्यो नौ तले पनि खुसी खोज्ने लहरमा पर, ओसियान युरोप पुगे पनि ।मन भन्छ बेस जन्मेकै देश, निधारमा भावीले छले पनि कसरी भुलुँ डाँफे र मुनाल, अपि, सैपाल र सगरमाथा ।सुगन्ध आहा श्रीखण्ड कपुर, मरेर चितामा जले पनि पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं