गजल

गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छ
हेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।।

अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्र
भन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।।

जालझेल अनि हिंसाको राजनीति कहिलेसम्म होला ?
देश समृद्ध बन्न अझै कति नागरिक हराउनुपर्छ ?

कर तिर्नकै लागि सरकार करकर गरिरहन्छ सधै
आफू भोकै बसेर पनि उहाँको पेट भराउनुपर्छ ।।

भेडाहरुलाई संसद् भवन छिराएर देश बन्दैन
तिनलाई त भोकै राखेर जङ्गलमै चराउनुपर्छ ।।