गजल

जसलाई दिए मुटु झिकी, घरै बेची दाम
उसैले मेरो पहिलो प्रेमको गरी बदनाम

यो मुटुमा तिर हानी उसले अर्कै रोजी
यस्तो रोजी रङ्ग न रुपको के भो उसलाई राम

मलाई छोडी गई ठीक छ एउटै प्रश्न गर्छु
कहाँ राखूँ चिठी उसका कहाँ राखू खाम ?

बाच्दासँगै चल्नुपर्छ चितासँगै जल्नुपर्छ
यस्ता थिए बाचा हिजो आज भुली नाम ।