साहित्य

गीतः कहिले सुख पायो र खै बाको जिन्दगीले

ती दु:खका दिनहरू सम्झिदै छु अहिलेकहिले सुख पायो र खै बाको जिन्दगीले बाले कति भारी बोके नाम्लोलाई सोधभारी कति गरुङ्गो थ्यो बरियोलाई सोधसोध सोध निदारको थाप्लोलाई सोधबालाई सोध्न पर्दैन भो करङलाई सोध । ती दु:खका दिनहरू सम्झिदै छु अहिलेकहिले सुख पायो र खै बाको जिन्दगीले । जुता देख्नै नपाएको खुट्टालाई सोधपट्पटी फुटेका ती कुर्कुचालाई सोधभल्भल्ती रगत बग्ने गोलेनीलाई सोधसोध्नै मन छ यदि भने पैतालालाई सोध । ती दु:खका दिनहरु सम्झिदै… पुरा पढौ

कविता: बा भैदिएको भए

आज बा भैदिएको भएमैले बा लाई भन्थेबा म पनि बा बने! अचेल मेरो छोरालेमलाई बा भन्दामैले मेरा बा लाईखुव सम्झिन्छु!मेरो छोराले मेरो दायाँ हातकोऔला समाउदामैले बा लाई सम्झिन्छुछोराले केही कुरामाजिद्दि गर्यो भनेबा लाई सम्झिन्छुआमाको रङ उडेको अनुहार हेर्दाबा लाई सम्झिन्छुआमाले दाईलाई भाईको ख्याल गर्नु भन्दाबा लाई सम्झिन्छुआमाले मलाई दाइ बा समान हुन भन्दाबा लाई सम्झिन्छुदाइ को मुहार हेर्छुबा लाई सम्झिन्छुघरको मईन खाबो हेर्दाबा लाई सम्झिन्छुमैले आँखा खोल्दा बा लाई सम्झिन्छुमैले… पुरा पढौ

नारायण मरासिनीको ‘घैंटीको मूल्य’ बजारमा

कथाकार नारायण मरासिनीको ‘घैंटीको मूल्य’ कथा संग्रह मंगलबार सार्वजनिक भएको छ । गण्डकी साहित्य संगम पोखराले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीलगायतले कृति सार्वजनिक गरेका हुन् । डा अधिकारीले कथाकार मरासिनीको साहित्यिक सक्रियता प्रशंसनीय रहेको बताए । कथाहरुको समीक्षा गर्दै रामराज रेग्मीले प्रगतिवादी आख्यानका क्षेत्रमा ‘घैंटीको मूल्य’ महत्वपूर्ण प्राप्ति भएको उल्लेख गरे । कथाकार मरासिनीले आफूले देखेभोगेको समाज तथा परिवेशलाई समेटेर कथाहरु तयार पारेको… पुरा पढौ

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

आगामी असोज ४ र ५ गते नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलनको तयारी तीव्र रूपमा अघि बढेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सम्मेलन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रूम टु रीडको संयुक्त आयोजनामा हुन लागेको हो । अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजक समितिका संयोजक, नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति एवम् बालसाहित्य विभागका प्रमुख विमलकृष्ण श्रेष्ठले सम्मेलनले बालसाहित्य सम्बन्धी प्राज्ञिक बहसलाई अघि बढाएर नेपाली बालसाहित्यको… पुरा पढौ

राम विनयको पुनर्जन्म प्रकाशित

प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक पुनर्जन्म प्रकाशित भएको छ  । कोभिड महामारीको समयमा आफ्ना पिता तथा दुइ भाइहरुको मृत्यु भएको राम विनयको परिवारमा सबैलाई कोभिड भएको थियो  ।  लेखक राम विनय कोभिडको कारण गम्भीर भएर झन्डै तीन हप्ता अस्पताल बस्नु परेको थियो  ।  आइसीयुमा जीवनका अन्तिम सास फेर्दै बाँचेका राम विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन्  ।  आफ्नो परिवारमा भएको बज्रपात तथा आफुले सहनु परेको पीडाबारे उनले आफूलाई निचोरेर… पुरा पढौ

गीताञ्जली साहित्य रत्न कल्याण र रूना साहित्य पुरस्कार असफललाई

गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कारबाट साहित्यकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भइसकेका छन् । संस्थाद्वारा सञ्चालित मुक्तकविधा केन्द्रित रुक्मिना नारायणदत्त (रुना) साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण… पुरा पढौ

कवि सिर्जना अर्यालकाे नाट्य कृति लाेकार्पित

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पाेखराकाे आयाेजनामा कवि सिर्जना अर्यालकाे नाट्यकृति "मुर्दाघर" एक समाराेहका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा लाेकार्पित भएको छ।साथै कवि अर्यालकाे एकल वाचन समेत सम्पन्न भएको छ। गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पाेखराका कवि तथा साहित्यिक स्रष्टाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुलपति गुरुङले भने - "साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायक हुन्छ।त्यसैले साहित्यिक कार्यक्रममा मलाई सधैं जाऊँजाऊँ लाग्छ।" कार्यक्रममा बिशेष अतिथिका… पुरा पढौ

गजल

तिमी सँग रम्ने रहरमा रहेछुर विद्रोह गर्नै नसक्ने भएछु । सिसा टुक्रिएझैँ छ मन टुक्रिएकोपुनः जोड्न मिल्दै नमिल्ने बनेछु कहर जिन्दगीको कहाँसम्म होलाम धर्ती हुनाले सहेरै बसेछु । बलेसी बनेका परेला पुछेरम गन्तव्य खोज्दै अगाडी बढेछु कदम रोक्नलाई निकै जोड गर्छन्म हिम्मत नहार्ने हरूमा परेछु । बहर: मुतकारिब मुसम्मन सालिम पुरा पढौ

लौ न नि यो केगरेको?

एक जना महिला अंग्रेजी सिक्दै थीइन। आफुले सिकेको भाषा अभ्यास गर्न भेट भएका मानिससंग सके सम्म अंग्रेजिमै बोल्ने प्रयास गर्दथिन। यसै क्रममा फलफुल पसलमा गएर भनिन " गिभ मि अ केजी डिस्ट्रोयड हस्बेण्ड” (give me a kg destroyed husband) भनेर भनिछन। फलफुल पसलेले कुरो बुझ्न सकेन। क्या हो त्यो "डिस्ट्रोयड हस्वेड"? अक्क न वक्क पर्‍यो। त्यस्तो फल त हामी संग छैन भन्यो। ति महिलाले नासपती देखाउदै उ त्यो फल। बल्ल… पुरा पढौ

कविताः भानुलाई आह्वान

हे भानु !हटाऊ मनको कालो बादलउठाऊ अज्ञानताको घुम्टोपन्साऊ अनेकताका रेखाहरूमिलाऊ अनेकतामा एकतालेख फेरि सीता र रामका गाथाहरू !बाँध एउटा नभत्किने सेतुकिनभने अब फेरि खन्नु छतिर्खाएका काकाकुलहरूको प्यास बुझाउनेभावनाका इनारहरू । धेरै खनिए काव्य र साहित्यका कुवाहरूकविताका धारा र पाटी-पौवाहरूको त हिसाब छैनतर छन्द र अलङ्कारअनुप्रास र विभक्तिसन्धि र विच्छेदबर्खासितै सुक्यो,अर्को हिउँदमाहलन्त र विसर्गलाईबेहोस पार्नेइन्द्रजीत फेरि देखा पर्ने छ । हे रवि !अझै एउटा हनुमान जन्माउनपवन बन, नभए पनिकम से कम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं