साहित्य

दुई मुक्तक

देशका लागि यो गणतन्त्र नेताको कमाउने भाँडो भयोअब त जनतालाई यही गणतन्त्र बेकारको घाँडो भयोगणतन्त्रको नाममा देशमा छाडातन्त्र भएको छ सरकारजनतालाई शोषण गरी तिम्रैमात्र पेट घ्याम्पे डाँडो भयो। तिम्रै तस्बिर आउँछ नजरमा कसरी सम्हालुँआत्तिन्छ मन् भेट्ने तरखरमा कसरी सम्हालुँतिमी क्षितिज पारी म वारी सम्भव नै भएन,तड्पी रहेकोछु पापी शहरमा कसरी सम्हालुँ ? पुरा पढौ

कोकोम्हेन्दोमा तामाङ भाषाका सिर्जना सुनाइए

गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा तामाङ भाषाको रचना वाचन तथा साहित्यिक विमर्श कार्यक्रम भएको छ । कार्यक्रममा आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाले लामाले कुङामा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कोकोम्हेन्दो साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका कार्यक्रम सराहनीय रहेको जनाए । साहित्यका क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको भाषा, संस्कार र संस्कृति… पुरा पढौ

‘माया गर्नुको अर्थ’ इन्द्रेनी गीतसङ्ग्रह

गीत नै शायद साहित्यको सबैभन्दा बढी सुनिने, गुन्गुनाइने र लेखिने विधा हो। नेपाली गीतिक्षेत्रमा समयसापेक्षित थुप्रै गीतकारहरू सुनिन्छन्, देखिन्छन् । गीत ठानिएका ती सबै सामग्री गीतै हुन् वा होइनन् भन्ने कुरा सामान्यत गीतितत्त्वहरूका आधारमा छुट्ट्याइने कुरा हो। अर्थात् गीतलाई यसका केही मानक लक्षणहरूले नै साहित्यका अरू विधाबाट भिन्न राख्छ। गीतिकृतिहरूको गीतकारपरक वा व्यक्तिपरक परिचयात्मक सामान्य समीक्षाबाहेक खास अध्ययन भएको पाइदैन। साहित्यका अन्य विधाहरूको जस्तै गीतको पनि शुद्ध कृतिपरक समालोचना, विश्लेषण… पुरा पढौ

पलाँसको किताबको परिचर्चा

गीतकार शिव पलाँसको गीति सञ्चयन ‘माया गर्नुको अर्थ’माथि परिचर्चा गरिएको छ । स्याङ्जाको किचनास घर भएका सर्जक पलाँस अहिले नर्थ क्यारोलिना, अमेरिकामा बसोबास गर्छन् । नेपालसहित विश्वका विभिन्न सर्जक, समीक्षकले अनलाइन माध्यमबाटै पुस्तकको चर्चा गरेका हुन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, नेपाली भाषा, साहित्य समिति (२०२३–२०२५) ले पुस्तक चर्चाको अवसर जुटाएका हुन् । कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा र बेलायतका साहित्यकारहरु सहभागी थिए ।अग्रज कवि तथा गीतकार लालगोपाल… पुरा पढौ

साहित्यकार प्रकट पगेनी अस्पताल भर्ना, अवस्था गम्भीर

साहित्यकार प्रकट पगेनी ‘शिव’को पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोमबार बेलुकाबाट भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । रुपा गाउँपालिका वडा नम्बर ५, देउराली घर भएका शिवका गीत र गजलका कृति प्रकाशित छन् । साहित्यकार तीर्थ श्रेष्ठले पगेनीको अवस्था गम्भीर र स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै जानकारी दिए । पगेनीको फोक्सो र मिर्गाैलामा समस्या रहेको र अक्सिजन लेभल निकै कम रहेको… पुरा पढौ

पोखरामा लेनिन जयन्ती मनाइयो

पोखरामा शनिबार कम्युनिस्ट नेता लेनिनको शतवार्षिकी बनाइएको छ । लेनिन शतवार्षिकी पोखरा संयोजन समितिको आयोजनामा भएको कार्यक्रममा वाम बुद्धिजीवी एवं समितिका संयोजक रामराज रेग्मीले ‘वर्तमानमा लेनिनवादको सान्दर्भिकता’ शीर्षकमा कार्यपत्र पेश गरे । सन् २०२४ लेनिन शतवार्षिकीे वर्ष हो । विश्वभरका माक्र्सवादका अनुयायीले यो वर्षभरि विभिन्न कार्यक्रमका साथ ‘लेनिन शताब्दी स्मृति’ मनाइरहेका छन् । रेग्मीले विश्वमा साम्राज्यवादी शक्तिमाझ भीषण टकराव र युद्धको सम्भावना बढेर गएको जनाउँदैसाम्राज्यवादको पतन धेरै टाढाको विषय नरहेको… पुरा पढौ

सरुभक्तलाई १ लाखको हेमराज पुरस्कार

हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ । प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको उल्लेख गरे । प्रतिभा छनोट समितिका सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए । नेपाल संगीत तथा नाट््य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका… पुरा पढौ

उषा गुरुङका ५ मुक्तक

टुक्र्याई आफैंलाई अर्को सिङ्गो शरीर बनाउने तिमीआफ्नो स्नेह र ममताले प्रेमको परिभाषा जनाउने तिमीदेवता पनि लालायित भई तिम्रै प्रेम पाउन धर्तीमा आए ।राम, कृष्ण, बुद्ध स्वयम् विष्णु अवतार जन्माउने तिमी । मैले छोएसी पानी चल्दैन भन्छौम गएसी भित्र अगेनाको आगो बल्दैन भन्छौयसरी विभेदको बिज आफैं रोप्छौफेरि आफैं यहाँ छुवाछूत फल्दैन भन्छौ । फूल भए सजाइदेऊ न बगैंचामै, चुड्ने गर्छौ किनआखिर छोडनु नै भए जीवनमा जुड्ने गर्छौ किनरोपेको भए घरमै लगि… पुरा पढौ

गीत

फूलभन्दा जून राम्रो जूनभन्दा मनसबैभन्दा राम्रो लाग्छ यो नेपाली पन। पाखा भरी लालीगुराँस रातै फुलेको छत्यै हेरेर आज भोलि मन भुलेको छ ।डर लाग्छ मान्छे सँग मेला आए पछिसमयले फुलाउँछ बेला आए पछि । फूल भन्दा जून राम्रो जून भन्दा मनसबैभन्दा राम्रो लाग्छ यो नेपाली पन । चाहे जति अन्न फल यहीं फलेको छज्ञान नभै मानिसले अहम् पालेको छ ।धर्तीबाटै मुल उठी बग्छ स्वच्छ पानीप्रकृतिलाई भन्दा ठूलो कस्लाई ठानाैं धनी… पुरा पढौ

अमेरिकामा परशु प्रधान र दधिराज सुवेदीको सम्झना

अमेरिकाको मेरिल्याण्ड राज्यमा साहित्यकार परशु प्रधान र दधिराज सुबेदीको स्मृतिमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। ३० मार्चका दिन गेथेस्बर्गको लाइब्रेरीमा भएको श्रद्धाञ्जली सभा साङ्ग्रिला डायलगले आयोजना गरेको हो । कार्यक्रममा लेखक साहित्यकारहरुले परशु प्रधान र दधिराज सुवेदीको निधनले नेपाली सहित्य क्षेत्रमा ठूलो क्षति पुगेको बताए। कार्यक्रममा सीता पाण्डे, शैलेन्द्र साकार, योगेश उपाध्याय, गण्डकीपुत्र र भावना विष्टले प्रधान र सुवेदीका योगदानबारे बोलेका थिए । कवि तारा पराजुलीले आफ्नो मुक्तकमार्फत्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं