
एक जना महिला अंग्रेजी सिक्दै थीइन। आफुले सिकेको भाषा अभ्यास गर्न भेट भएका मानिससंग सके सम्म अंग्रेजिमै बोल्ने प्रयास गर्दथिन। यसै क्रममा फलफुल पसलमा गएर भनिन ” गिभ मि अ केजी डिस्ट्रोयड हस्बेण्ड” (give me a kg destroyed husband) भनेर भनिछन। फलफुल पसलेले कुरो बुझ्न सकेन। क्या हो त्यो “डिस्ट्रोयड हस्वेड”? अक्क न वक्क पर्यो। त्यस्तो फल त हामी संग छैन भन्यो। ति महिलाले नासपती देखाउदै उ त्यो फल। बल्ल पसलेले कुरो बुझ्यो। “Destroyed” भनेको “नास” भएको र “Husband” माने “पती” अर्थात नाशपती।
अहिले साउन महिना छ। शिवजी मन पर्ने महिना रे। गाउ बजार सबै तिर हरियो र पहेलो चुरा, पोते, हात भरी मेहन्दी लगाएका महिला र पहेलो-हरियो कपडा लगाएका महिला पुरुष देखिन्छन। माथि उल्लेखित महिलाको अंग्रेजी अभ्यास र हामी नेपालीहरुको शिव भक्ति उस्तै उस्तै जस्तो लाग्दछ। यी पहिरन र कपडा शिवजी लाई खुशी पार्न लगाईेएका हुन। अलिकती धार्मिक भावले र अलिकती गाउ, छिमेक, समाज र बजारमा धार्मिक देखाउन लगाईेएका हुन। यसो गर्नुमा थोरै परम्परागत प्रचलन र धेरै उपभोक्तावादी बजार जिम्मेवार देखिन्छ। म आफु भौतिकवादी हुँ। दैवी शक्ति वा अद्र्श्य शक्तिमा विश्वास गर्दिन। कसैले धर्ममा विश्वास गर्दछ भने त्यसको सम्मान गर्दछु। मैले बुझे सम्म धर्म भनेको आस्था हो। यो देखावटी तडक भड्क, मेला, महोत्सव, ब्यापार होईन। धर्म नैतीक आचरण, ब्यबहार र कल्याणकारी मुल्य र मान्यतामा आधारित हुन्छ। आ-आफ्नो बुद्दी, विबेक, तर्कसिलता र जीवन र जगतलाई बुझ्ने ल्याकत अनुसार आस्तिक र नास्तिक हुनु स्वभाविक हो। कतिपय आफुलाई भौतिकवादी र कट्टर कम्युनिष्ट हुँ भन्नेहरु समेत अलौकिक अद्र्श्य शक्तिमा नतमस्तक भक्तिभाव देख्दा उदेक लागेर आउँदछ। मैले यहाँ वर्तमान सन्दर्भमा केही प्रश्नहरु उल्लेख गर्दछु। मेरा प्रश्नहरुले यहाँहरुको आस्थामा चोट पुगेमा क्षमा चाहन्छु।
लैङ्गिक बिभेद
साउन महिनालाई भगवान शिवको महिना पनि भन्ने गरिन्छ। यो महिनामा भगवान शिव स्वय धर्तिमा आउने कथन छ। धर्मका व्याख्याकारहरुका अनुसार पार्वतीले साउन महिनाभरि निराहार बसी कठोर वर्त बसेर शिवलाई आफ्नो श्रीमानको रुपमा प्राप्त गरेकी हुन। त्यस कारण अरु महिलाहरुले पनि साउन महिनामा निराहार बसी कठोर वर्त बसेर भगवान शिवलाई खुसी पारेमा अबिवाहित महिलाले आफुले सोचे जस्तो असल श्रीमान पाईने र बिवाहित महिलाको हकमा श्रीमानको आयु, आरोग्य र सन्तानको कल्याण हुने आशमा शिवको नाममा आफुलाई समर्पित गर्ने गरेको पाईन्छ। शिव किन यस्तो धेरै लैङ्गिक विभेदकारी हुनु भएको होला? हाम्रो धर्म र प्रचलनमा जे जती वर्त र उपासना छन त्यसमा प्राय: महिलाले गर्नु पर्ने प्रचलन छ। यी र यस्ता प्रचलनले पुरुष र महिलामा भेदभाव गरेको छैन र? पुरुषले असल श्रीमती प्राप्तिको लागि खोई कुनै वर्त वा उपासना? के यो प्रचलनले पुरुषलाई “उच्च” स्थान दिएको छैन? समाज बिकासको क्रममा जुन बेला पुरुष प्रधान समाज थियो, पितृसत्तात्मक समाजको बेला सुरु भएको प्रचलन के समय सापेक्ष छ? शिवको अर्थ कल्याण पनि भन्ने गरिन्छ। कल्याण पनि लिङ्ग, रंग, जात, भौगोलिक क्षेत्र आदि हेरेर गरिने कर्म हो? महिलाले साउने सङ्क्रान्तिका दिन देखि एक महिना “सौभाग्यको प्रतीक” हरियो चुरा र मेहन्दी लगाउदछन। सौभाग्यमै विश्वास गर्ने हो भने पनी महिलाको “सौभाग्य” पुरुष हुने तर पुरुषहरुको सौभाग्य महिला हुने पहिरन वा प्रतिक किन बनाईेएन? यदी शिवको संसारमा विभेद थिएन र छैन भने यस्तो विभेदकारी प्रचलन चलाऊने पण्डित, पुरेत वा धर्म शास्त्रका ठूला मठाधिस मालिकहरुलाई किन डण्डित नगरेको? महिला र पुरुष समताको लागि लैङ्गिक बिभेदकारी प्रचलन, बिधी, वर्त आदि समय सापेक्ष हुनु पर्दछ। श्रीमानलाई देउताको रुपमा मान्य र आफुलाई दोस्रो दर्जामा राख्ने महिलाहरुले यस्ता विभेदकारी प्रचलनहरुको बिरुद्द रुपान्तरण अभियान गर्नु भएन भने महिला मुक्ती संभव छैन। परम्परागत रुपमा चलेको, आमा, हजुरआमाहरुले गर्दै मान्दै आएको, स॑कृति र संकारको रुपमा मान्य हो भने हामी सती प्रथा तिर जानु पर्ने हुन्छ। महिला अधिकारकर्मी र समाज रुपान्तरणमा हामी सबैले पहल गर्नु पर्दछ।
सामाजिक न्यायको बिरुद्द
वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। शिवको उपसना गर्ने भक्तहरुलाई खुशी प्रदान गर्ने र कल्याण गर्ने राम्रो हो। भक्तसंग खुशी भएर “पाप” नाश गर्दिने काम चाँही सामाजिक र नैतीक हिसावले न्याय संगत होईन। महर्षि व्यासको अनुसार ‘परोपकारः पुण्याय – पापाय परपीडनम्’। अर्थात ‘परोपकार पुण्य एवं परपीडा पाप हो।’ सामान्य शब्दमा भन्दा खराव वा नराम्रो काम गर्नु पाप हो। ती तेस्ता सबै कार्य जसले अध्यात्मिक एवं सामाजिक मूल्य र मान्यतामा ह्रास गर्दछन वा आर्थिक एवं प्राकृतिक संसाधन नष्ट गर्दछन। सनातन अनुसार कसैको हत्या गर्नु, चोरी गर्नु, अरुको श्रीमती संग संभोग गर्नु, असत्य बोल्नु, अपमानजनक बोल्नु र अरुको निन्दा गर्नु, अरुको धनमा लोभ गर्नु, अरुको अनिष्ट सोच्नु र कसै प्रती दुराग्रह राख्नु “पाप” हो। खुशी भएर अरुको कल्याण र भलो गर्नेलाई प्रोत्साहन गर्नु, सुख सुबिधा दिनु, फलिफाफ गराउनुमा मेरो केही गुनासो छैन। तर, ह्त्यारा, बलत्कारी, चोरी डकैती गर्ने, झुठ र “दुष्ट” हरुलाई समेत “पाप” माफ गर्नुले अपराधीहरुको मनोवल बढदैन र? जे जस्तो अपराध (पाप) गरे पनी शिवलाई खुशी पार्दा ती अपराधबाट मुक्ति पाउने बिधी कुनै पनि दृष्टिकोणबाट स्विकार योग्य छैन। पाप गर्नेलाई माफि मिनहा हुनु हुँदैन भन्ने चेत हुनु जरुरी छ।
बिज्ञानले चुनौती दियो
भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भन्नु भएको छ – मेरा तीन आँखा मध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन्। तर सूर्य चन्द्रमा भन्दा चार सय गुणा ठुलो भएको कुरा बिज्ञानले भन्छ। मैले कसको कुरो पत्याउने? चार सय गुणा ठुलो र सानो हुँदा शिवका आँखा पनि ठुलो सानो देखिनु पर्ने। हुन त आँखा भनेर प्रतिकारात्मक रुपमा भनिएको होला। तर, चीन, अमेरिका, भारत, रुस लगायता देशहरुले चन्द्रमामा पुगेका वा यान पठाएका खवर सुन्न र देख्न पाईन्छ। भगवानको आँखामा गाइको मासु खाने, सुङ्गुर खाने मानिसहरुले शिवको आँखामा पाईतलाले कसरी टेक्न सके? प्रमाणको रुपमा त्यहाको माटो र ढुङ्गा समेत ल्याएका छन। बिज्ञानले गरेको प्रगती संगै हाम्रो चेतमा पनि परिवर्तन हुनु पर्दछ। अकाट्य प्रमाणहरुलाई नजरअन्दाज गरी कथाको पछाडि किन डौडने? हामी कहिले सुद्रने?
दोहोरो मापडण्ड
म अर्थशास्त्रको बिद्यार्थी हुँ। अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा दोहोरो मापडण्डले गर्दा अनावश्यक खर्च भएको छ। पहिलो कुरा त शिवलाई अभिषेक गर्ने झोल सबै खान योग्य छन। शंकरलाई शुद्ध जलले अभिषेक गर्दा वर्षा हुने, कुशको जलले अभिषेक गर्दा रोगनाश हुने, दहीले अभिषेक गर्दा पशुबाट लाभ हुनेछ। यस्तै, उखुको रसले अभिषेक गर्दा लक्ष्मी प्राप्त हुने, मह तथा घिउले अभिषेक गर्दा धन प्राप्त हुने गर्छ। तीर्थको जलले अभिषेक गर्दा मोक्ष प्राप्ति हुने र दूधले अभिषेक गर्दा पुत्र प्राप्ति हुने उल्लेख छ। अझ तोरीको तेलले अभिषेक गर्दा त शत्रु नै नास हुने कुरा पनि शास्त्रीय मान्यता छ भनिन्छ।
यदी कुशको जलले अभिषेक गर्दा रोगनाश हुन्छ भने जता ततै कुश लगाऔ। अभिषेक गर्न सिकौ। डाक्टर, बैध्य पढन छौडौ। अस्पातलको सट्टा मन्दिर निर्माण गरौ। दहिले अभिषेक गरी पशुलाभ लिऔ, पशुबाट उत्पादित घिउबाट अभिषेक गरी धन प्राप्त गरौ। दुधले अभिषेक गरी संन्तान लाभ गरौ। सुद्द जलले अभिषेक गरी वर्षा हुने हुँदा अब मौषम बिभागमा कर्मचारी कटौती गरी मठ मन्दिरमा सरुवा गरौ। के यो संभव छ? लौ मानौ, यस्तो संभव छ भने उदाहरणको लागि ठूला ठूला मन्दिर र मठका पूजारी र माठधिस जो जिन्दगी भरी अभिषेक गर्नद्छन तिनिहरुलाई रोग लाग्छ कि लाग्दैन? रोग लागे उपचार गर्न अस्पताल जान्छन कि अभिषक गर्न सुरु गर्दछन? भनाइ र व्यबहारमा दोहोरो मापडण्ड छ। स्वर्ग र नर्क देखेका भोगेका छैनौ तर आफ्नै आँखाले दोहोरो चरित्र र व्यबहार देख्दा देख्दै हामी किन भ्रमित छौ?
हिजो बिज्ञान कमजोर थियो। धरै कुराहरु रहस्यमय थिय। जिव, पृथ्वि, सौर्य मण्डल आदिमा कुनै घटना वा चक्र किन र कसरी हुन्छ भन्ने ज्ञान थियन। चेतनाको स्तर सागुरो थियो त्यसकारण सबै कुरा अलौकिक र अद्र्स्य शक्तिमा विश्वास गरी त्यसलाई सत्य मानियो। अहिले पनि प्रमाणित तथ्यहरुलाई अस्विकार गरी लौ न नि यो के गरेको?