कवि सिर्जना अर्यालकाे नाट्य कृति लाेकार्पित

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पाेखराकाे आयाेजनामा कवि सिर्जना अर्यालकाे नाट्यकृति “मुर्दाघर” एक समाराेहका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा लाेकार्पित भएको छ।साथै कवि अर्यालकाे एकल वाचन समेत सम्पन्न भएको छ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पाेखराका कवि तथा साहित्यिक स्रष्टाहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुलपति गुरुङले भने – “साहित्य सिर्जना गरेर बाँच्नु आनन्ददायक हुन्छ।त्यसैले साहित्यिक कार्यक्रममा मलाई सधैं जाऊँजाऊँ लाग्छ।”

कार्यक्रममा बिशेष अतिथिका रुपमा बाेल्दै छन्दनायक माधव वियाेगीले कवि सिर्जना अर्याल छन्दमा कविता लेख्ने सबल कवि रहेकाे बताए ।उनले कवि अर्याललाई विधामा हात चलाउनभन्दा एक विधामा विशिष्टता हासिल गर्न उपयुुक्त हुने सुझाए।

कार्यक्रममा लाेकार्पित कृतिकाे समीक्षा गर्दै प्रा. डा. रामचन्द्र पाेखरेलले ” मुर्दाघर” नाट्य संरचना,भाषाशैली र सन्देशका हिसाबले सबल कृति बनेकाे बताए।

कार्यक्रममा कवि अर्यालले दुई चरणमा आफ्ना फरक फरक छन्दका केही कविता वाचन गरेर सुनाइन्।उपस्थित सबै उनका कवितामा रमाए।

संस्थाकाे चाैथाे वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आयाेजित उक्त कार्यक्रम महाकाव्यकार तथा संस्थाकी अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षता तथा कवि तथा संस्थाकी सचिव लक्ष्मी थापाकाे सञ्चालनमा सम्पन्न भयाे।उक्त कार्यक्रममा लाेकगायिका तथा उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत गरेकी थिइन्।