साहित्य

गीतः जमिनमा हिड्नेलाई…

जमीनमा हिँड्नेलाई खस्ने डर हुन्नआकाशमा जो उड्छ बरु उसकै भर हुन्न चन्द्र टेक्ने मान्छे पनि पृथ्वीमै फर्क्योहिमाल चढ्ने मान्छे पनि फेदीमा नै ओर्ल्योचारो खोज्दै रुख बस्ने पंक्षी भुईं झर्योउचाइको रवाफ किन देखाउनु पर्यो ? बाटो भिन्न भएपनि गन्तव्य हो त्यहीकि त चिता कि त कफीन छैन अरु केहीमाटोमाथि फक्रेको फूल माटोमा नै झर्योसुन्दरताको रवाफ किन देखाउनु पर्यो ? पुरा पढौ

उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार

साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट सम्मानित भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३ सय ३३ रुपियाँ तथा ताम्रपत्रसहित पुरस्कृत गरिएको हो । अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’, मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य लगायतले उनलाई पुरस्कार प्रदान गरे । कलाबार बरालले उषा बहुमुखी प्रतिभा सम्पन्न भएको सुनाए । उनले आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषाले उपाध्यक्ष भएर देखाएको… पुरा पढौ

मेरो बुझाइमा “थोपो र मरुभूमि”

जीवनका विभिन्न परिवेशबाट हृदयमा भरिएका अभिज्ञता,उकुस-मुकुस अनुभूतिहरूले कविमन जब पिरोलिन लाग्छ,उर्लिएर आएका शब्दहरूले पोखिने बाटो खोजि हिँड्छन अनि काव्यकारका सृजनशील कलमबाट तिनै शब्दहरूले काव्यिकताको सुन्दर रूप लिदै कवितामा मूर्तमान हुन्छन ।जीवनका घात-प्रतिघात,आनन्द-विषाद,दु:ख-कष्ट,व्यर्थता आदिले धेरैजसो कविमनहरूलाई सरल र संवेदनशील बनाएको हुन्छ।साधारण पाठक का मनमुटु हरूले कविता भित्र आफुलाई अनुभूत गर्ने गरि अनुपमप्रकाशभङ्गीमा'अन्तिम' बाटै शुरु भएको कविता संग्रह"थोपोरमरूभूमि"एक सफल कवि, कथाकार,निबन्धकार,समालोचक साथै साहित्यमा रुचि लिने नयाँपिँढीलाई तत्काल सहयोग गर्न हरदम् तयार रहने… पुरा पढौ

कविताः पोखरा

हिउँले बुनेको पछौरा ओढेर“कुना” गाउँमा बसेकीसगरमाथाकी बहिनीपोखराकी चेली, माछापुच्छ«ेएकाबिहानै, लाजै नमानीछाती खोलेरपोखरातिर फर्केर मुसुक्क मुस्काउछेसेताम्मे दन्तलहरमामध्य दिनमा फेवाताल सुटुक्क आउछेतालको पानी, डुङ्गा र पर्यटनसँगहनिमून मनाउन पोखरा भित्रिएकानवदम्पत्ति शैलीमादिनभरि लाप्पा खेल्दैमनभरि जिस्कीन्छेपर्यटनहरु असामान्य आश्चर्यमाक्यामरा डुलाउदैँलेन्स मिलाउदैँखिच्छन्, चर्चित मोडलको फोटो । सांघुरो गहिरोडुड भित्रडुम खेले झैँ लुक्दैछेउछाम कोतर्दैमादल बजाउदैँ ÷ देखिदैबदल झैँ पखेटा फिजाएरपmेरि लुक्दैसेती खोलानमर्ने चोलापाएरअविरल बग्दछतल–तल, सलल्ल् । ताललाई करेसाबारी बनाएकोबीचमा अवस्थित पुरानो घरबराही मन्दिरताल मौलिएको चुपचाप हेरिरहेछउ पोखरेलीहरुलाई भन्न… पुरा पढौ

मनाइयो मुक्तक दिवस, उषालाई राष्ट्रिय मुक्तक पुरस्कार

 मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले बिहिबार पोखरामा प्रथम मुक्तक दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरिएको थियो । पुरस्कारमा ३३ हजार ३३३ रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । मञ्चका सल्लाहकार तथा प्रतिभा छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले सो घोषणा गर्दै शेरचनले ३० को दशकदेखि हालसम्म नेपाली मुक्तकमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए ।… पुरा पढौ

कविता: परिचय

यसैगरी हराउँदै जान्छ पहिचानलोप हुँदै जान्छ नामजसरी भयो त्यो विशाल काया गरेकोचट्टानजस्तो हिउँकोमात्रै सूर्य किरणको कोमल स्पर्शलेऊ तरल बन्योआफ्नो सर्वत्र गुमायोउसको सरलताले उसलाईतरलताको चोलो भिर्न विवश गरायोठोस पहिचान गुमाएरअहिले तरल भएको हिउँबग्दै गएको छ समतलतिरदुनियाँको फोहोर आफ्नो छातीमा बोकेरऊ बगेको बगै छपुनः सूर्यकै स्पर्शमा बतासिएर उड्नवाष्प भई शून्यमा विलीन हुनआकाशमा बरफको डल्लो बनेको हिउँकोपरिचयको खाता पल्टिँदाउसलाई केवल शूून्यमात्र हात लाग्छ । पुरा पढौ

नदेखिएका घाउ’ लिएर आइन् दुर्गा

साहित्यकार दुर्गा न्यौपानेको आत्मकथा ‘नदेखिएका घाउ’ शनिबार सार्वजनिक भएको छ । कस्केली अधिकृत समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गरे । दुर्गा कस्केली अधिकृत समाजकी आजीवन सदस्यसमेत हुन् । कार्यक्रममा साहित्यकार सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभई समाजमा पनि उत्तिकै हुने जनाए । ‘आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्यसमेत हुन्छ,’ उनले भने । साहित्यकार न्यौपानेले जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने… पुरा पढौ

कविता: शुभकामना

शुभकामना आमा !हृदयको चोखो भावना५७ औँ जन्मोत्सवको शुभकामना !यो महोत्सवको हार्दिक बधाईउत्तरोत्तर प्रगतिको मंगलमय कामना !सुगम बनोस् बाँकी यात्राअब गर्नु नपरोस् कहिल्यैअप्ठेरोको सामना । फर्किएर हेर्दा, कोक्याउँदो चित्रमरुभूमिको यात्राकाँडाघारीमा हिड्नुपर्नेइथियोपिया जस्तो वातावरणअभावै अभाव, तनावै तनावपार गरेर कहालीलाग्दो उकालोसन्तानको उन्नतिमासुकायौ रगत, बगायौ पसिनाजीवनमा तिम्रोतातो वालुवा, चीसो असिनाके बाँकी राख्यौँ र आमायो जिन्दगीमा ? एक महिने खाताबन्दीएक हप्ते प्रगति प्रतिवेदनबाह्र हाने पटुकी जस्तो लामोथियो आमा खाताबन्दीको ब्याजलिस्टएडिङ रोल झ्याझया क्रयाक्रया !साइबेरियाको सर्प… पुरा पढौ

कविता: दिनेश बस्नेत

एकाबिहानै उठ्छुमन लाग्छ मन्दिर दर्शन गर्न ।मेरो गाउँको टोपीवरिपरि हरियालीपारी हिमाली वारहरिहर मन्दिरजान मन लाग्छ । ठाडै उकालोमर्निङ वाकको बाहानामाउक्लन्छुमन्दिर पुग्छु,घण्टी बजाउँछुशान्तिको प्रतीकजुन अहिलेकोअर्थपूर्ण आवश्यकता । अनि टीका, प्रसादग्रहण गर्दछुचैतन्य गुरुबाटसमयको पावन्दीलेत्यहाँ धेरै समयटिक्न सक्दिनँया भनौँ बस्न सक्दिनँ । फर्कदाबाटोमा कोइलीले सोध्छको हो…,को हो ?सायद परिचय, श्ांका लाग्छ,त्यसले भनेको होला‘तँ को होस् ?विहान विहान मन्दिरदर्शन गरेर आउने ?आस्था छरेर आउने ?’ म,एउटा विशुद्ध बेरोजगारत्यो पनि होइनकिसानको छोरो हुनालेएउटा अर्ध बेरोजगारया… पुरा पढौ

केही मुक्तक

१. बग्दै बग्दै खोला झरना छहरा टाढा टाढा पुग्छन्डुल्दै डुल्दै माहुरी अनि भमरा टाढा टाढा पुग्छन्संधै एउटै जंगल, एउटै रुख र एउटै गुँडमा बस्दैनन्उड्दै उड्दै पखेटा लागेका चरा टाढा टाढा पुग्छन् । २. सुनखानीमा छु कि ढुङ्गाखानीमा छु , थाहा पाउँदैनआँखाको नानीमा छु कि अगेनाको खरानीमा छु, थाहा पाउँदैनअरुको रौं - चिराको मूल्याङ्कन गर्न जान्ने मान्छेलेआफू स्वयम् चाँहि कति पानीमा छु थाहा पाउँदैन । ३. नपत्याउँदो गरेर उ गर्जन्छ रक्सी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं