साहित्य

फेरि जन्मेलान् नारायण गोपाल

‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु… पुरा पढौ

एक थोक छोड !

कि यशूका चेला बन कि मार्क्सका चेला बन कृपया एक थोक बन यो वन्नै नसकिने कुरा लौ न बन्छु नभन ! कि वाइवल पढ कि कम्युनिष्ट घोषणापत्र पढ कि गीता पढ कि 'राज्य र क्रान्ति' पढ कि वेद पढ कि वर्ग संघर्ष पढ कृपया एक थोक पढ यो अध्यात्म र भौतिकवादको फ्युजन नपढ ! कि कमरेड बन कि करप्टेड बन कमरेड करप्टेड हुदैन करप्टेड कमरेड हुदैन यो हुँदै नहुने वकवास… पुरा पढौ

कसरी बिग्रन्छ कविता?

कविता कसरी कविता बन्छ, धेरैलाई थाह छ । कसरी कविता बिग्रन्छ, यसबारे थोरैले सोचका हुन्छन् । के हुँदा कविता बिग्रन्छ भन्ने हेक्का कविले राख्यो भने कविता दुर्घटित हुँदैन । थप हौसला प्रगितयोगिताहरूमा पुरस्कारका रूपमा, बजारमा पाठकको मायाको रूपमा, तथा हृदयमा सन्तुष्टीको रूपमा पनि पाइन्छ नै । खासमा कविता निम्न अवस्थामा बिग्रन्छ । यसो भनिरहँदा नेपाली परिवेश र नेपाली कविताको पछिल्लो समयखण्डलाई दिमागका राखिएको छ । १. कसैको भनाइ वा तर्कलाई… पुरा पढौ

नयाँ राज्यसक्ता त केही पनि छैन : चैतन्य

दर्शन, राजनीति र सौन्दर्य शास्त्रका प्रखर चिन्तक तथा विश्लेषक वैद्य किरण ‘चैतन्य’ अगम नामले पनि लेख्छन् । प्रगतिवादी समालोचना र दर्शन शास्त्रका ज्ञाता मानिने उनका आधा दर्जन कृतिहरू प्रकाशित छन् । साँढे ६ दशकको उमेरमा पनि उनी माक्र्सवादी दर्शनले सिकाएको बाटोमा युवा उर्जाका साथ यात्रारत छन् । समालोचक, सौन्दर्य चिन्तक चैतन्यसँग फडिन्द्र अकिञ्चनले गरेको कुराकानी यहाँ प्रस्तुत छ ः यहाँ नेपालको एउटा राजनीतिक दलको नेतृत्व तहमा हुनुहुन्, सौन्दर्यशास्त्री र प्रगतिवादी… पुरा पढौ

गीत

छोएन मलाई दशैंले पनि छोएन तिहारले पाएन टीका लगाउन मेरो अभागी निधारले मुटुका टुक्रा छोरा र छोरी नहुँदा काखमा छल्केर माया पोखियो होला आमाको आँखामा पुछेर धुलो लाइदिनु टीका दैलाको तस्वीरमा आशिर्बाद दिनु उदाओस् घाम भनेर तक्दीरमा सय र पत्री फूल फुल्यो होला घरमुनि पाखामा बैनीको गला रोकियो होला भैलिनी भाखामा बालिदेउ दियो तोरीको तेल पालामा भरिदेउ दाजैको कपाल नदुखोस् भनि कामना गरिदेउ ।  सिकागो , अमेरिका पुरा पढौ

अन्तर्मन -लघुकथा

नारायण कुमारका छोराछोरी पनि हेर्दाहेर्दै जवान भए । उनले आफू खाडी मुलुकमा दु:ख गरेर भएपनी छोराछोरीको लालनपालन र शिक्षामा कुनै कमि हुन दिएका थिएनन् । उनी छुट्टीमा घर आएका थिए त्यही बखत छोराछोरी पढ्ने कलेजले रजत जयन्तीमा सबै अभिभावकहरूलाई निमन्त्रणा गर्यो। नारायण कुमार पनि दर्शकदिर्घामा रहेर कार्यक्रम हेरेर रमाउन थाले। बिच बिचमा गायन र युगल नृत्यहरूले कार्यक्रमलाई थप रोचक बनाइरहेको थियोे । त्यसै क्रममा उनको छोरा एउटा युवती सँग युगल… पुरा पढौ

फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभल

बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको साहित्य सम्मेलनको सातौं संस्करण पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । ‘आइएमइ नेपाल लिटरचेर फेस्टिभल’मा विभिन्न देशका ख्यातिप्राप्त लेखक, साहित्यकार आउँदै छन् । सम्मेलनबारे जानकारी दिन काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमइ लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्मेलनमा जोडिन पाउँदा आफूहरू हर्षित रहेको बताए । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर वरिष्ठ साहित्यकार… पुरा पढौ

पोखरा थियटरमा अमेरिकन नाटक

शुक्रबार अमेरिकन नाटक ‘अ प्लेस इन माई हर्ट’ गन्धर्व नाटकघरमा मञ्चन सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन सुरु भएको नाटकका निर्देशक रिर्चाड क्लोरीमोन्ट हुन् । माइम फर्मेटको नाटकलाई उत्कृष्ट बनाउन कलाकारले गरेको मेहनेत तारिफ योग्य भएको थिएटर सञ्चालक दीलप्रसाद गुरुङले बताए । नाटक हरेक साँझ ५ बजे नियमित सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि मञ्चन हुनेछ । नाटकमा पोखराको प्रचारप्रसार गर्ने माध्यम कविता,… पुरा पढौ

भाबी ( लघुकथा ) 

गरिबी र अभाबको धनी हीराबहादुरकी छोरी जन्मिई ! जातीय परम्पराअनुसार उसले जन्मेको छ दिनमा छैटी गर्यो ! छैटीमा भावी आएर बच्चीको निधारमा भाग्य लेखिदिए - " ..... कुपोषण, रोग र अभाबको सिकार हुँदै घांस-दाउरा गर्ने, लिपपोत गर्ने, अर्काकी नोकर्नी भएर भांडा माझ्ने, एउटा गरिब केटासंग बिहे गर्ने, सानै उमेरमा बिधवा बन्ने, लाखौं अपमान र तिरस्कार सहेर उपचारको अभाबमा अल्पायूमै मृत्युवरण गर्ने....! समयको बृद्धिसंगै हीराबहादुरकी छोरी हुर्कँदै गई ! साहूको घरमा… पुरा पढौ

आऊ साथी

आउन साथी सँगसँगै कुरा गरौं आज यहाँ वेदनाले छट्पटिएको मेरो धादिङ बुझ्नु त्यहाँ सबैसँग कुरा गर्दा शीर झुकाएर गर्नु गैह्र धादिङ भन्नेलाई मीठो मन भर्नु सबैसँग धन हुन्छ, धनभन्दा ठूलो मन हुन्छ कुन्नी मलाई थाहा छैन, कहिले कसैको मन छुन्छ शुभकामनाका गुच्छा बर्साउने हो यहाँ दर्शक दीर्घामा बस्ने जो छ मुस्कुराउनु त्यहाँ रुने, कराउने चिच्याउने हो, खुच्चिङ आपसमा तर, मनुवा सुन्दैन, बुझ्दैन स्वार्थी समाजमा । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं