साहित्य

संगीत नाट्य र नाफामा नियुक्ति, हरिदेवी प्राज्ञ परिषद सदस्य

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  कूलपति कान्छाकुमार कर्माचार्य र नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ रायनले पद तथा गोपनियताको सपथ लिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह नवनियुक्त कूलपतिद्धय कर्माचार्य र श्रेष्ठलाई सिंहदरबारमा छुट्टाछुट्टै कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।  सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन)लाई नियुक्त गरेको छ । पोखराकी लोकप्रिय गायिका हरिदेवी कोइराला प्राज्ञ परिषद सदस्य नियुक्त भएकी… पुरा पढौ

प्रगतिशील लेखकहरुको चुनाव चैतमा

वामपन्थी लेखकको साझा संस्था प्रगतिशील लेखक सङ्घको एघारौँ राष्ट्रिय सम्मेलन आगामी चैत २२ र २३ गते काठमाडौँमा हुने भएको छ ।  सामन्तवाद र साम्राज्यवादविरोधी लेखक रहेको सो संस्थाको वर्तमान कार्यसमितिको तीनवर्षे कार्यकाल सकिन लाग्दा सङ्घको केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको मिति तय गरेको अध्यक्ष मातृका पोखरेलले जानकारी दिए । विसं २००९ मा स्थापित उक्त संस्थामा सबै वाम घटकनिकट साहित्यिक मोर्चामा आबद्ध र स्वतन्त्र स्रष्टा सदस्य छन् ।  सङ्घको दशौँ सम्मेलन २०७२… पुरा पढौ

लाल बाबु र सिंह दरबारको मुहार

मुहार फेर्ने मन्त्रि अनि तिम्रो मन्त्रि मण्डल भएकालाई छैन भन्छौ साधु हौ कि चण्डाल? जाबो त्यति तेलमापनि तिम्रो गिद्दे मति ! ठूला शिर्षक भेटेकोमा खायौ होला कति ? नारायणीमा ठेल्छु भन्थेउ डिभी पिआर वाला मकै देखाई काजु खाने कस्तो तिम्रो चाला! संविधानमै नभयको दियौ संज्ञा भूपू सोझा शिधा झुक्कायर लुट्दा रछौ आफू! दुई चार जना फटाहासंग होला सायद रिसाई समुदायलाई गाली गरेउ यस्ता शब्द मिसाई धान चोर्ने मुसा संगै निर्दोष… पुरा पढौ

सकुन ज्ञवालीको ‘भन्दिनु है बा’ सार्वजनिक

हाल अमेरिकाको न्युयोर्कमा रहेकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा ! “ बजारमा आएको छ । चर्चित लोकगायिकसमेत रहेकी उनको कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा कुलपति उप्रेती, नेपाल सरकारका सचिव मोहनकृष्ण सापकोटा, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार दामोदर पुडासैनी, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा. खगेन्द्रप्रसाद लुइटेल, नेपाल… पुरा पढौ

वसन्तकुमार शम्र्मालाई लेखनाथ साहित्य पुरस्कार

लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको लेखनाथ–साहित्य पुरस्कार–२०७५ अग्रज साहित्कार वसन्तकुमार शर्मालाई प्रदान गरिने भएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा २७ अर्घौं अर्चलेमा हुने समारोहमा शम्मालाई पुरस्कार अर्पण गरिनेछ । कविशिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईका परिवारजनद्धारा स्थापित पुरस्कारको राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला छ । विगत ७ दशक अघिदेखि नेपालीभाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याएकोमा उनलाई सो पुरस्कारबाट सम्मान… पुरा पढौ

सरकारविरुद्ध कडा संघर्ष गर्ने साविक माओवादी घटकहरुको चेतावनी

साविक माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल र यसमा आवद्ध घटकहरुले सरकारविरुद्ध कडा वैचारिक संघर्ष गर्ने उद्घोष गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा महेन्द्रकालीन पञ्चायती सांस्कृतिक चिन्तन हाबी भएको भन्दै मंगलबार उनीहरुले विज्ञप्ति निकालेका छन् । केही दिन पहिले सरकारले गंगाप्रसाद उप्रेतीलाई कुलपति र उपकुलपतिमा प्राडा जगमान गुरुङलाई नियुक्ति गरेको थियो । साविक माओवादी केन्द्रको जनसांस्कृतिक महासंघ नेपालले सिफारिस गरेका १ जना पनि नियुक्तिमा परेनन् । विज्ञप्तिमा भनिएको… पुरा पढौ

कक्षामा किताबको बीचमा उपन्यास राखेर पढ्थे : सिके लाल

पाठ्यक्रमका आफ्नै सीमा हुन्छन् । विषयका आफ्नै विशेषता । कुनै पठन बाध्यता त कुनै लत बनिदिन्छ । पाठ्यपुस्तकले मानिसले चाहेजति क्षितीक्ष ढाक्दैन, त्यसैले अन्य किताब झन प्यारा हुन्छन् । विद्यालय उमेरबाटै बाहिरी पुस्तक पढ्ने, बाहिरी दुनियाँसँग चासोखाँचो राख्नेहरु कमै हुन्छन् । ती कमैमा पर्छन् सिके लाल । नेपालका गिनेचुनेका विश्लेषक लाल स्कुलमा अब्बल थिएनन्, औसत थिए । पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा सोमबार उनले पुस्तक र प्रजातन्त्रबारे… पुरा पढौ

फेवा किनारमा साहित्य मेला

पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१८ सुरु भएको छ । पिएन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरे । जर्जले पोखरामा सहभागी लेखक एवम् साहित्यकारलाई स्वागत मात्र गरेनन्, उनले सबैको जीवन शुभकर, सन्तोषप्रद एवम् सुखमय होस् भन्ने चाहनासमेत व्यक्त गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले सहभागीलाई स्वागत गरेका थिए । उनले पर्यटकीय नगरी पोखरालाई संस्कृति एवम् साहित्यको समेत सहर रहेको चित्रण गरे… पुरा पढौ

भूपी काव्य पुरस्कार तीर्थलाई

कवि तीर्थ श्रेष्ठलाई यसपालिको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । भूपी शेरचनको ८३ औं जन्मजयन्तीको अवसरमा श्रेष्ठलाई मंगलबार हुने समारोहमा पुरस्कृत गरिनेछ । पुरसकार राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला छ । २०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपी शेरचनसँग संगत पनि गरेका थिए । उनै भूपीको जन्मजयन्तीको अवसर पारेर श्रेष्ठलाई सम्मान गर्न लागिएको समितिका अध्यक्ष शिवशंकर गौचनले बताए । कवि श्रेष्ठले… पुरा पढौ

जयगान : भूतको राज्यमा मान्छेको कथा !

पोखरेलीले शुक्रबार फरक स्वादको नाटक हेरे । चीसो दिनमा पोखरा उद्योग वाणिज्य संघको हलमा पुगेका रंगप्रेमीको मन नाटकको आरम्भमै थप चिसियो । अन्धकार रंगमञ्चमा कुनै भावभूमिका बिनै एकाएक राक्षसहरु पो देखिए । लास रोपेर, लास फुलाएर, फलाउने भूतमार्फत पछिल्लो समय भत्किँदै गएको मानवतामाथि कलाकारले कडोर व्यंग्य प्रस्तुत गरे । गत वर्ष गठन भएको ओथेलो नाटक समूहले यो नाटक मञ्चन गरेको हो । नाटक शनिबार पनि प्रदर्शन हुँदै छ । नाटकमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं