गजल

तिम्रै घर को आंटिमा भेट्ने रहर भो
त्यो पनि राती रातीमा भेट्ने रहर भो

सायद दसैमा घर आउछु होला म
मिल्छर रु फुलपातीमा भेट्ने रहर भो

मनमा भएका पिडाहरु पोख्न तिमी सङ्ग
राखेर तिमीलाई छातीमा भेट्ने रहर भो

अब त कुर्न सक्दिन यति लामो बिछोड
हरेक साता सातीमा भेट्ने रहर भो