साहित्य

जाडोको लुगा ( लघुकथा )

पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो....। रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो । ....यसको मूल्य अठार हजार , यसको बाह्र हजार , यो पातलो चाहिँको आठ हजार , यो स्वीटरको चार हजार....। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।.... यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको दश रुपियाँ.....। उसले… पुरा पढौ

लेखनाथलाई सम्झदै कविता स्पर्धा

लेखनाथ महोत्सवको १५ औं संस्करणको अवसरमा आयोजित कवितावाचन प्रतियोगितामा केआर ढका ल प्रथम भएका छन् । प्रतियोगितामा विवेचना घिमिरे द्वितीय, प्रेमनारायण ढकाल तृतीय भए । कविता वाचनमा श्रीराम अधिकारी, शाान्ता बास्तोला, सुरेश अधिकारी र देशबन्धु आचार्य सान्त्वना भएको कविता प्रतियोगिता संयोजक नवराज अधिकारीले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा साहित्यकार रामजी लामिछाने संयोजक, गण्डकी साहित्य संगमका अध्यक्ष डा. कृष्णराज अधिकारी र साहित्यकार आनन्दमणि रिजाल सदस्य थिए । महोत्सव लेखनाथको संस्कृति स्थानीय… पुरा पढौ

लिटरेचर फेस्टिबलमा मनिषाको आत्मकथा आउने

बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन्… पुरा पढौ

रंगमञ्चमा दानव-मानव आमनेसामने

आकाशमा पनि होइन, धर्तीमा पनि होइन, अपरिचित भूमि छ । दानवी स्वभाव र प्रवृत्तिमाथि पात्रहरु लडिरहन्छन् । दुःख भोग्छन्, यातना सहन्छन्, मृत्यु स्वीकार्छन् । तर मानवतालाई विजयी गराउँछन् । यस्तो जटिल र प्रयोगवादी नाटक जयगान पोखरेली रंगमञ्चमा प्रदर्शन हुँदै छ । ओथेलो नाटक समूहले पुस ६ र ७ गते पोखरा उद्योग वाणिज्य संघमा नाटक प्रर्दशनको तयारी गरिरहेको छ । निर्देशन र लेखनमा सिद्धहस्त कृष्ण उदासीको नाटक जयगानलाई यसपालि आशीष अधिकारीले… पुरा पढौ

अन्धविश्वासमाथिको प्रहार ‘घेरो’

पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाटकले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यङ्ग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई समेत आत्मसात गरेको छ । हिन्दू धार्मिक मान्यता, परम्परालाई समेटेको नाटकमा माइतीबाट फर्केका दम्पती… पुरा पढौ

आभास

हे, पहाड !तिम्रा नयनहरुबाटबगेका छहराहरुलेप्रचण्ड गर्मीमामेरा अङ्ग अङ्ग चुमिदिदाम प्रेमले निथ्रुक्क भिजिदिन्छु ! जब तिम्रा काखहरुमासजिएका पल्लवी बोटहरुमाउहि बालापनको चन्चलता पाउँछुअनि म शीतलताको लोभलेप्रत्यक बोटको छहारीमाआफुलाई बिसाउँछु !तिम्रा कन्दरा – खोचहरुमाभरिएका हरिया दुबोहरुमाथिआफ्ना पैतालाहरु कुदाउँछु ! खुलेको क्षितिज भरि सल्बलाउनेबादलका जन्तहरुलेजब-जब मलाई हेरेको भान हुन्छतिम्रो सिङ्गो आकृतियो दिलमा बोकेरआँखाको ढकनी बन्द गरिओठका दुई ध्रुवभेटिदै- छुटिदै गरेको तस्बिरमुटुको भित्ताभर कैद हुन्छन्केवल, तिमी हुनुको आभासले ! पुरा पढौ

काठमाडौंलाई गाली गर्दै त्यही बस्नेहरू हावी छन्

आहुति नेपाली प्रगतिवादी कविता, उपन्यासका क्षेत्रमा सुपरिचत नाम हो । उनकोअर्काे परिचयको क्षेत्र भनेको राजनीति हो । एक कविता कृति, दुई उपन्यास कृति र दुई वटा दर्शनका किताबहरु प्रकाशित भइसकेका छन् भने ‘दलन’ जस्तो चर्चित टेलिशृङ्खलाको कथा पनिउनले लेखेका छन् । आहुति थोरै लेख्ने तर गुणात्मक लेख्ने लेखकका रुपमा परिचितछन् । साहित्य लेख्नका लागि प्रेरणा भन्दा वस्तुगत परिस्थितिलाई प्रमुख मान्ने आहुतिसाहित्यलाई मान्छेका आकाङ्क्षा व्यक्त गर्ने तरिका हो भन्छन् । आहुति भन्छन्… पुरा पढौ

सिंहदरबारको डीएनए परीक्षण (कविता )

स्रोत भन्छ– निर्मलाको बलात्कार र हत्याको चार महिनापछि कञ्चनपुर मात्र होइन, सिङ्गो मलुकभरि दन्किएपछि विद्रोहको आगो उडाएर केपी ओलीका पोस्टर सडकछेउका खम्बाहरूबाट टाँसिएपछि निर्मलाका पोस्टरहरु र गर्जिएपछि देशैभर नेकपा नामको सक्कली बाघ चौधौँ शङ्कास्पद व्यक्तिको सूचीमा थपियो एउटा अर्को पात्र जे पनि हुन सक्छ उसको नाम काठमाडौँमा भेटियो एउटा ‘लागूपदार्थ दुव्र्यसनी’ (ऊ क्रान्तिको दुव्र्यसनी पनि हुनसक्छ र हुनसक्छ साँच्चिकै पेसेवर दुव्र्यसनी) र सुरु गरियो उसको डीएनए परीक्षण ! डीएनए परीक्षणअघि… पुरा पढौ

विह्वल पात (६) (लघुकथा)

 "तिमी नभए त म उजाड उजाड हुन्थेँ ।" एक दिन रुखले पातलाई भन्यो । र भन्यो -"तिमी छ्यौ र पो म हराभरा भएको छु ,नाचेको छु ,रमाएको छु ।" " खुब स्वाङ पार्छौ नि मेरो अगाडि ।"पातले नखरा पार्दै भनी । " कसरी तिमीलाई विश्वास दिलाउँ प्रिय पात ?" रुखले भावुक हुँदै भन्यो । " तर बिछोडको पीडा त खप्नु नै छ एक दिन । तिमी त्यतिबेला के गर्छौ ?"… पुरा पढौ

साहित्यमा लागेकोमा पछुतो छैन : मनप्रसाद सुब्बा

मनप्रसाद सुब्बा नेपाली साहित्यका क्षेत्रमा परिचीत नाम हो । नेपाली साहित्यीक क्षेत्रमा स्वदेश बाहिर कलम चलाउने श्रष्टा मध्ये सुब्बा चर्चित मान्निछन् । पूख्यौली थलो पाँचथरको इम्बुङवाट भारतको दार्जिलिङस्थित बिजनबारी पुगेका साहित्यकार सुब्बाले आफनो साहित्यीक यात्रालाई उत्तिकै सक्रियता बनाउदै आएका छन् । ‘ मलाई प्रवासी हुँ जस्तो लाग्दैन’ नेपाली साहित्यमा पाँच दशक बढी देखि कलम चलाउदै आएका सुब्बाले भने,–‘ साहित्य भन्दा म कहिल्यै टाढा हुन सक्दिन् ।’ उनले साहित्यको सिमा नहुने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं