वसन्तकुमार शम्र्मालाई लेखनाथ साहित्य पुरस्कार

लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको लेखनाथ–साहित्य पुरस्कार–२०७५ अग्रज साहित्कार वसन्तकुमार शर्मालाई प्रदान गरिने भएको छ ।


कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा २७ अर्घौं अर्चलेमा हुने समारोहमा शम्मालाई पुरस्कार अर्पण गरिनेछ ।


कविशिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईका परिवारजनद्धारा स्थापित पुरस्कारको राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला छ । विगत ७ दशक अघिदेखि नेपालीभाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याएकोमा उनलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको हो । वृहद नेपाली शब्दकोषका सहायक सम्पादक तथा संक्षिप्त संस्कृत – नेपालीशब्दकोषका सम्पादकसमेत रहेका काठमाण्डा,ै चावहिल निवासी शर्माका हालसम्म ६२ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् ।


प्रतिष्ठानका सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा.शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले शर्माको नामसिफारिस गरेको हो । समितिमा प्रा. डा. रविलाल अधिकारी, डा. प्रतिभा पाण्डे, रमा शर्मा र सदस्य सचिव कृष्णप्रसाद पौडेल थिए ।


उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद, प्रा.डा. वासुदेव त्रिपाठी, मदनमणि दिक्षित, जनकविकेशरी धर्मराज थापा, मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय, प्रा. बालकृष्ण पोखरेल र डा. जगमान गुरुङ सम्मानित भइसकेका छन् ।