भूपी काव्य पुरस्कार तीर्थलाई

कवि तीर्थ श्रेष्ठलाई यसपालिको भूपी काव्य पुरस्कार प्रदान गरिने भएको छ । भूपी शेरचनको ८३ औं जन्मजयन्तीको अवसरमा श्रेष्ठलाई मंगलबार हुने समारोहमा पुरस्कृत गरिनेछ ।


पुरसकार राशि ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्ला छ । २०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपी शेरचनसँग संगत पनि गरेका थिए । उनै भूपीको जन्मजयन्तीको अवसर पारेर श्रेष्ठलाई सम्मान गर्न लागिएको समितिका अध्यक्ष शिवशंकर गौचनले बताए ।


कवि श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार, मोति युवा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदक लगायत दर्जनौं पुरस्कार तथा सम्मान पाइसकेका छन् । भूपी शेरचनको परिवारजनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने यो पुरस्कार यसअघि गीतकार रत्नशमशेर थापालाई प्रदान गरिएको थियो ।


सुरुमा १० हजार रुपैयाँ रहेको पुरस्कार राशीलाई ५० हजार रुपैयाँ पु¥याएर राष्ट्रियस्तरको बनाइएको थियो । भूपी काव्य स्मृति पुरस्कारबाट कवि सरस्वती प्रतीक्षा र मोमिला सम्मानित भएका थिए ।