साहित्य

यानीका भाकाहरु

हजुरबालाई देख्नै नपाई लगिहाल्यो दमले बुवालाई नि बिना कसुर उछिट्यायो बमले वंश विनाश गर्ने पालो फेरि विज्ञानकै हो केही वर्षमा छोरालाई पनि लान्छ डट कमले । कहालीलाग्दो विगत, दुर्दान्त वर्तमान र चुनौतीपूर्ण भविष्यलाई चारै लाइनमा बुझाउनसक्ने यो भन्दा कलात्मक लेखाइ शायदै होला । आफूलाई लागेको रोगको उपचार त परै जाओस्, नामै थाहा नपाई भूलोकबाट बिदा भएका हाम्रा बाजेबराजुहरु धेरै छन् । युद्धसँग गोरु बेचेको साइनो पनि नभएका तर युद्धाको बज्रपातले… पुरा पढौ

क्रान्तिकारी कवि

शुरु भएको छ साहित्यिक कार्यक्रम आशनग्रहण गरेका छन् क्रान्तिकारी कविले बस एकछिन पर्खनोस् भूरा कविको पालो नसकिएसम्म पर्खनोस् क्रान्तिकारी कविता र भाषण सित्तैमा सुन्न कहाँ पाईन्छ ? अनुहारले नै चिनिन्छ क्रान्तिकारी कवि माक्र्सवाद र क्रान्ति मिसिएको आभा माक्र्सकै जस्ता दारी क्रान्ति नायकको जस्तो भाषण शैली अचेल क्रार्यक्रममा पनि उनले क्रन्ति गरेका छन् उनी अक्सर आउँदैनन् अक्षरयात्रामा बेपत्ता छन् साहित्य श्रृखला र गजल सन्ध्याबाट क्रान्तिकारी कवि बन्न केही त गर्नैप¥यो ।… पुरा पढौ

भूइँमान्छेको प्रश्न

कसले अँठ्यायो बुद्धको छातीमा बसेर त्यो किशोरी लालीगुराँसको घाँटी जुन गुँरास दिनभरि सगरमाथाको गीत गाएर फर्किरहेको थियो पाठशालाबाट कसले चुँडाल्यो त्यो चौबन्दीको तुना जुन चौबन्दी साग बेच्ने केटीले लगाईरहेकी थिई कसले छिनाल्यो डन्डीबियो खेलिरहेको किशोरको शीर जसमाथि मुस्कुराइरहेको थियो गोरखाली ढाका टोपी कसले बोकायो यी बूढा भरियाको पिठ्यूमा गरिबीको यत्रो पहाड। को हो त्यो स्वाभिमानी जसले हिमालको शीर उठ्नै दिएन को हो त्यो यतिबिघ्न द्रूतगामी जसले नदीको पानी बग्नै दिएन… पुरा पढौ

आभास

हे, पहाड ! तिम्रा नयनहरुबाट बगेका छहराहरुले प्रचण्ड गर्मीमा मेरा अंग अंग चुमिदिदा म प्रेमले निथ्रुक्क भिजिदिन्छु ! जब तिम्रा काखहरुमा सजिएका पल्लवी बोटहरुमा उहि बालापनको चन्चलता पाउँछु अनि म शीतलताको लोभले प्रत्यक बोटको छहारीमा आफूलाई बिसाउँछु ! तिम्रा कन्दरा खोचहरुमा भरिएका हरिया दुबोहरुमाथि आफ्ना पैताला कुदाउँछु ! खुलेको क्षितिज भरि सल्बलाउने बादलका जन्तहरुले जब जब मलाई हेरेको भान हुन्छ तिम्रो सिंगो आकृति यो दिलमा बोकेर आँखाको ढकनी बन्द गरि… पुरा पढौ

कुमारी मन-कथा

आपूmले काम गरिरहेको संस्थाको कार्यक्रम लिएर लुना सदरमुकामबाट गाउँ हिँडेकी छे । ऊ बसको अगाडिकै सिटमा छे । बसमा मान्छे अटाईनअटाई छन् । हल्ला बेसी नै चलेको छ । अर्थ लाग्ने र तर्कका कुरा एउटै छैनन् । खालि बकम्फुसे कुरामात्र । केटाहरू छिल्लिएर बोलेको सुन्छे लुना । तिनले सीमै नाघेका छन् । बस घ्यार्रघ्यार्र गरी लम्केको छ । लुना आफ्नै सोचाइमा छे । कार्यस्थलमा गर्ने कामको लामो लिस्ट उसको अगाडि… पुरा पढौ

एउटै जानेको काम हो साहित्य लेखन : इन्द्रबहादुर राई

इन्द्रबहादुर राई नेपाली साहित्यमा एक जना स्थापित उपन्यासकार, कथाकार र समालोचकको नाम हो । विस १९८७ मा भारतको दार्जिलिङमा जन्मिएका राइले एमए, बिएलसम्म औपचारिक अध्ययन गरेका थिए । साहित्य अकादमी पुरस्कार (२०३५) लगायत थुप्रै संघ, संस्थाबाट सम्मानित, पुरस्कृत राईले आयामेली आन्दोलन, नेपाली साहित्य परिषद्, दियालो पत्रिकाको सम्पादक, साहित्य अकादमी दिल्लीको कार्यकारी सदस्य लगायतका अनेक जिम्मेवारी निर्वाह गरेका थिए । उनका विपना कतिपय (२०१७), कथास्था(२०२७), कठपुतलीको मन(२०४६), आज रमिता छ(२०२१), टिपेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं