
छोएन मलाई दशैंले पनि छोएन तिहारले
पाएन टीका लगाउन मेरो अभागी निधारले
मुटुका टुक्रा छोरा र छोरी नहुँदा काखमा
छल्केर माया पोखियो होला आमाको आँखामा
पुछेर धुलो लाइदिनु टीका दैलाको तस्वीरमा
आशिर्बाद दिनु उदाओस् घाम भनेर तक्दीरमा
सय र पत्री फूल फुल्यो होला घरमुनि पाखामा
बैनीको गला रोकियो होला भैलिनी भाखामा
बालिदेउ दियो तोरीको तेल पालामा भरिदेउ
दाजैको कपाल नदुखोस् भनि कामना गरिदेउ ।
सिकागो , अमेरिका