आऊ साथी

आउन साथी सँगसँगै कुरा गरौं आज यहाँ
वेदनाले छट्पटिएको मेरो धादिङ बुझ्नु त्यहाँ
सबैसँग कुरा गर्दा शीर झुकाएर गर्नु
गैह्र धादिङ भन्नेलाई मीठो मन भर्नु

सबैसँग धन हुन्छ, धनभन्दा ठूलो मन हुन्छ
कुन्नी मलाई थाहा छैन, कहिले कसैको मन छुन्छ
शुभकामनाका गुच्छा बर्साउने हो यहाँ
दर्शक दीर्घामा बस्ने जो छ मुस्कुराउनु त्यहाँ
रुने, कराउने चिच्याउने हो, खुच्चिङ आपसमा
तर, मनुवा सुन्दैन, बुझ्दैन स्वार्थी समाजमा ।