शुक्रबार अमेरिकन नाटक ‘अ प्लेस इन माई हर्ट’ गन्धर्व नाटकघरमा मञ्चन सुरु भएको छ ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन सुरु भएको नाटकका निर्देशक रिर्चाड क्लोरीमोन्ट हुन् । माइम फर्मेटको नाटकलाई उत्कृष्ट बनाउन कलाकारले गरेको मेहनेत तारिफ योग्य भएको थिएटर सञ्चालक दीलप्रसाद गुरुङले बताए ।
नाटक हरेक साँझ ५ बजे नियमित सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि मञ्चन हुनेछ ।
नाटकमा पोखराको प्रचारप्रसार गर्ने माध्यम कविता, तस्बिर भन्दा पनि नाटक नै हुन सक्छ भन्ने देखाइएको छ । बबिता मल्ल ठकुरी, देव बस्नेत, धीरेन्द्र पुन, धु्रव रोका, निश्चल विमल, रेवन राई, सूर्य सुवेदी, योजना पहारीको उत्कृष्ट अभिनय नाटकमा छ ।
यो मंसिर ८ गतेसम्म नियमित मञ्चन हुनेछ । विद्यार्थी तथा पर्यटक लक्षित नाटक मञ्चनमा निर्देशकले पोखराप्रतिको माया प्रस्तुत गरेकामात्र छैनन्, नेपाली र अंग्रेजी भाषासँगै गीतको मिश्रणले रौनकता थपेको छ ।
गन्र्धव नाटकघरमा मञ्चन भएको यो २१ औँ नाटक हो ।
१ सय, २ सय, ३ सय र ५ सयको टिकटमा हेर्न पाइने नाटक हरेक साँझ ५ बजे नियमित सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि मञ्चन हुनेछ ।