कृष्णप्रसादको खण्डकाव्य सार्वजनिक

कवि कृष्णप्रसाद चापागाईंको खण्डकाव्य ‘मत्र्यानूभूति’ सार्वजनिक भएको छ । खण्डकाव्य ५ वर्षीया बालिका भेषभुषा चापागाईंले बिमोचन गरिन् ।

जीवन दर्शन मुख्य भाव रहेको काव्य बालिकाको हातबाट बिमोचन गराउनु सान्दर्भिक भएको साहित्यकार डा. राजेन्द्र चापागाई ‘आहत’ले बताए । राष्ट्रिय धर्मसभाको आयोजनामा भएको सभामा प्राडा यमबहादुर पौडेल क्षत्रीले काव्यले मानव जीवनको सुरुदेखि अन्त्यसम्मका हुने घटनामा समेटेको बताए ।

कार्यक्रममा प्राडा नारायण अधिकारी, प्राडा भूपति ढकाल, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, महाकाव्यकार माधव वियोगी, प्राध्यापक उमाकान्त पौडेल, कवि रामनाथ अधिकारी, प्राज्ञ सूर्य खड्का बिखर्ची, राष्ट्रिय धर्म सभाका वरिष्ठ उपाध्यक्ष केशव भण्डारी र संस्थाका प्रवक्ता जमुना सुवेदी लगायतले बोलेका थिए ।

स्याङ्जा आरुचौरमा जन्मिएका कवि एवं अधिवक्ता कृष्ण चापागाईंको ६८ आंै जन्मदिनको अवसरमा काव्य लोकार्पण भएको हो ।