संगीत नाट्य र नाफामा नियुक्ति, हरिदेवी प्राज्ञ परिषद सदस्य

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  कूलपति कान्छाकुमार कर्माचार्य र नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ रायनले पद तथा गोपनियताको सपथ लिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह नवनियुक्त कूलपतिद्धय कर्माचार्य र श्रेष्ठलाई सिंहदरबारमा छुट्टाछुट्टै कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ खुवाएका हुन् । 

सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन)लाई नियुक्त गरेको छ । पोखराकी लोकप्रिय गायिका हरिदेवी कोइराला प्राज्ञ परिषद सदस्य नियुक्त भएकी छन् ।

त्यस्तै, उपकुलपतिमा हरिहर शर्मा, सदस्यसचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञपरिषद् सदस्यमा हरिदेवी कोइराला, नमुना शर्मा, धीरेन्द्र प्रेमर्षी, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त भएका छन् । 

यसैगरी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को कुलपतिमा कान्छाकुमार कर्माचार्य, उपकुलपतिमा गोपाल चित्रकार र सदस्यसचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिलादेवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ ।

सबैको कार्यकाल चार वर्षको हुनेछ ।