दुई नम्बरी संघियता

भुरे नेता थान्को लाउन ल्याको संघियता
थेग्नै गार्हो मुश्किल पारो भयो रमिता
शुरुवातनै लाज मोर्दो बेथिति नै सारा
थेग्ला जस्तो देखिएन छैन टिक्ने पारा ।।

ढाट्ने लुट्ने कुट्ने भन्दा छैन अर्को धन्दा
भन्न थाले अर्कै राम्रो यस्तो शासन भन्दा
केन्द्र सरकार टुक्का हान्छ परदेश सरकार मुक्का
आशे पासे बन्नु बने सोझा साझा भुक्का ।।

जहानिया शासन सत्ता ढल्यो भन्थे पहिले
केन्द्र देखि परदेश सम्म फेरी आछ अहिले
नाता गोता आफन्तलाई राजदुत र पिए
खान मिल्ने सबै पद उनै लाई दिए ।।

माननीय र मन्त्री तिमि पिएमा छन् उनि
सबै जाँदा जागिर खान कुकुर एक्लै हुनि
नपार भो घरको कुकुर एक्लै बसी रुनी
एकाघरका सबै तिमि संगै संगै हुनि ।।

तिम्ले खान मिल्दो रैछ मिलाएर सब
द्वारपालेमा भर्ना गर कुकुर पनि अब
परिवारकै झुण्ड बनाई बसेका छौ लुट्न
आफ्ना कुरा नमान्नेलाई अफिसैमा कुट्न ।।

सचिबैलाई हान्छौ थप्पर खप्पर फुट्ने गरि
कसको हिम्मत पर्न अब तिम्रा वरिपरि
टाएर पड्के सरि पड्के सचिवका गाला
मन्त्रि हौ कि टोले गुन्डा कस्तो तिम्रो चाला ।।

आफ्नो स्वार्थ नमिले यी मर्ने गरि कुटछौ
मिलेमा ति तिम्रा स्वार्थ बाडी चुडी लुटछौ
आफु भन्दा ठूला सामु पेश भएर जादा
तिम्लाई पनि कस्तो होला यस्तै कुटाई खादा ।।

मान्छे नै हुन् के गर्लान र भने जस्तो गरि
एक्लै दुब्लै नजानु है यिनका वरिपरि
बाध्यताले पारे पछि लाजै पो के भो र
केन्द्र संग माग अब मन्त्रि थुन्ने खोर ।
मान्छे कुट्ने यस्तो मन्त्रि खोरमा राख्नु पर्ला
चोके काठले फाएल छिराउ उसले साइन गर्ला ।।