प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभाका सदस्यको शपथ

नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यले शपथ ग्रहण गरेका छन् ।

प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले २४ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । प्राज्ञसभा सदस्य प्रा केशव सुवेदी, रमा शर्मा, राम विनय (रामकुमार श्रेष्ठ), प्राडा खेम कोइराला बन्धु, प्राडा कपिल लामिछाने, आरडी प्रभास चटौत, हरिप्रसाद तिमल्सिना, शशि लुमुम्बु, विवश पोखरेल, ध्रुव मधिकर्मी, रामबाबु सुवेदी र डा विजयकुमार दत्तले सपथ ग्रहण गरे ।

डा रजनी ढकाल, डा गीता त्रिपाठी, हरिदत्त पाण्डे, लक्ष्मी उप्रेती, डा गोविन्द आचार्य, नन्दुप्रसाद उप्रेती, महेश्वर थापा, हरिश्चन्द्र लावती, सुभद्रा सिन्हा र सूर्य खड्काले प्राज्ञसभा सदस्यका रुपमा सपथ ग्रहण गरेका छन् ।

प्रज्ञा परिषद् सदस्य यसअघि नै प्रा दिनेशराज पन्त, प्राडा योगेन्द्रप्रसाद यादव, डा हेमनाथ पौडेल, प्राडा उषा ठाकुर, माया ठकुरी, प्राडा गोपिन्द्र पौडेल, लक्ष्मी माली र देवी नेपाल नियुक्त भइसकेका छन् । कुलपति उप्रेतीले सवै प्राज्ञ परिषद् सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।