साहित्यमा लागेकोमा पछुतो छैन : मनप्रसाद सुब्बा

मनप्रसाद सुब्बा नेपाली साहित्यका क्षेत्रमा परिचीत नाम हो । नेपाली साहित्यीक क्षेत्रमा स्वदेश बाहिर कलम चलाउने श्रष्टा मध्ये सुब्बा चर्चित मान्निछन् । पूख्यौली थलो पाँचथरको इम्बुङवाट भारतको दार्जिलिङस्थित बिजनबारी पुगेका साहित्यकार सुब्बाले आफनो साहित्यीक यात्रालाई उत्तिकै सक्रियता बनाउदै आएका छन् ।

‘ मलाई प्रवासी हुँ जस्तो लाग्दैन’ नेपाली साहित्यमा पाँच दशक बढी देखि कलम चलाउदै आएका सुब्बाले भने,–‘ साहित्य भन्दा म कहिल्यै टाढा हुन सक्दिन् ।’ उनले साहित्यको सिमा नहुने भएकाले पनि नेपाली साहित्य भण्डार ठुलो भएको ठान्छन् ।

साहित्यकार सुब्बाका रचना तथा कतिपय कृतिहरु नेपालीसंगै हिन्दी,मैथली र अंग्रेजीमा समेत अनुवाद भइसकेका छन् । उनले नेपाली साहित्यमा २०५० सालमा नेपालको रत्न श्री स्वर्ण पदक पुरस्कार र भारतको राष्ट्रिय स्तरको नेपाली साहित्यीक पुरस्कारबाट सन् १९९८ मा पुरस्कार लगायत दर्जनौ पुरस्कार तथा सम्मानहरु पाएका छन् ।

प्रस्तुत छ ,साहित्यकार सुब्बासंग  विष्णु सुब्बाले गरेको कुराकानीका केही अंश :

यहाँको साहित्यीक यात्रा कहिलेबाट शुरु भयो ?

बाल्य अवस्थामा भन्नु पर्ला । मेरो स्कुले जीवनबाट नै साहित्यमा छिरेका थिए । कक्षा–९ मा पढ्दै गर्दा हुनुपर्छ मैले पहिलो पल्ट कविता लेखे । त्यस यता मैले आफनो साहित्यीक लेखनलाई निरन्तरता दिदै आएको छु ।

साहित्यमा यति लामो निरन्तरता दिनुभएको छ ,यहाँको अनुभवमा साहित्य के हो भन्ने लाग्छ ?

साहित्य मेरो बुझाईमा शव्दको बिशिष्टताको रुप हो । आम मानिसले भोगेका कथा,व्यथाहरुलाई शब्द मार्फत प्रस्तुति दिने भण्डारण हो साहित्य । जुन कलात्मक संगै समसामयिक हुनु जरुरी पनि छ ।

नेपाली साहित्यको अवस्था यहाँले कस्तो देख्नुभएको छ ?

दिनानु दिन नेपाली साहित्यले फड्को मार्दे गएको छ । हिजो पुस्तिकाका रुपमा निकाल्ने साहित्यका कृतिहरु अहिले सञ्चारमा आएको प्रविधिसंग नजिक जोडिन पुगेको छ । अव त साहित्यको न त सीमा रह्यो न त भुगोलनै । हामी जहाँ रहेपनि साहित्यले नजिक बाधिएका छौ । मैले यहाँ भन्न खोजेको के हो भने,हाम्रो साहित्य आम पाठकहरुको रुचिकर बन्न तर्फ उन्मुख हुदै गएको छ । राम्रो सृजनाले पाठक माझ राम्रो स्थान पाउदै आएका छन् ।

साहित्यमा तपाईले कवितामा नै बढी केन्द्रीत हुनुभयो नी ?

हो, मैले साहित्यका धेरै विधा मध्ये कवितामा बढी कलम चलाउदै आएको छु । कविता बाहेक मैले कथा,निवन्धहरुमा पनि कलम चलाएको थिए । तर पनि कवितामा भने मेरो बढी झुकाव रहन पुगेको हो ।

कवितामा किन बढी केन्द्रीत हुनुभयो ?

कविता साहित्यका धेरै विधा मध्ये चलेको विधा हो । साच्चै भन्ने हो भने कवितामा मार्मिकता हुन्छ । कविताले मानिसको संवेदनालाई छुने गर्छ ,यसले गर्दा कवितामा मेरो झुकाव केहि बढी हो की भन्ने लाग्छ ।

हालसम्म तपाई कृतित्वका बारेमा भन्दिनुस न ?

यस अवधिमा कृतिका रुपमा आधा दर्जन कृतिहरु पाठकहरुमा माझ आएका छन् । सन् १९७९ सालमा ‘बिब्ल्याटे युग भित्रका कार्टुन मान्छेहरु’, ‘देशमा बुङख्यच्या छ को ?’ , ‘उसमा आदिम बस्ती’ , ‘ऋतु क्यानभासमा रेखाहरु’ ,किनारमा आवाजहरु र भुइफूट्टा शब्दहरु पाठक माझ ल्याउन सकेको छु । यी मध्ये पछिल्ला कृति किनारमा आवाजहरु भने नेपालको काठमाण्डौमा सार्वजनिक गरेको थिए ।

साहित्यमा थप कृति निकाल्ने तयारीमा हुनुहुन्छ रे ?

साहित्यमा मेरो लेखन शैली रोकिन्दैन् । मेरो मन मष्तिकले साथ दिइन्जेल साहित्यमा मेरो भूमिका रहिरहने छ । र साहित्यमा‘ नेतीफूङको बास्ना’ अव दुई महिना पछि निकाल्ने सोच वनाएको छु ।

अन्तमा, यतिका लामो साहित्यमा लागेर कुनै पछुतो छैन् ?

मलाई त्यस्तो लाग्दैन् । साहित्यमा लागेर मैले आज यहाँसम्म चिनीने अवसर पाएको छु । साहित्यमा मेरो लगनशीलताका कारण अहिले एउटा श्रष्टाका रुपमा भारत र नेपालमा चिन्ने मौका पाएको छु । यसको सवै श्रेय मेरो साहित्यको क्षेत्रलाई नै मैले लिएको छु । यसमा लागेर मलाई विल्कुल पछुतो छैन् ।

source :himalipost