“तिमी नभए त म उजाड उजाड हुन्थेँ ।” एक दिन रुखले पातलाई भन्यो । र भन्यो -“तिमी छ्यौ र पो म हराभरा भएको छु ,नाचेको छु ,रमाएको छु ।” ” खुब स्वाङ पार्छौ नि मेरो अगाडि ।”पातले नखरा पार्दै भनी । ” कसरी तिमीलाई विश्वास दिलाउँ प्रिय पात ?” रुखले भावुक हुँदै भन्यो । “
तर बिछोडको पीडा त खप्नु नै छ एक दिन । तिमी त्यतिबेला के गर्छौ ?” पातले सोधी । ” त्यसैले शिशिर ऋतु कहिल्यै नआओस् भन्ने लाग्छ मलाई ।” रुखले दु:खी हुँदै भन्यो । “शिशिर नआई वसन्त कसरी आउँछ त ?” पातले सम्झाई ।
वसन्तको कुरा आउनासाथ रुखले अनुहार चम्किलो बनायो र नियाल्यो पातलाई । यतिन्जेल पात भने अत्यन्त निन्याउरो मुडमा थिई । ऊ सुसाउँदै थिई झर्नु अगाडिको खुसी ।