काठमाडौंलाई गाली गर्दै त्यही बस्नेहरू हावी छन्

आहुति नेपाली प्रगतिवादी कविता, उपन्यासका क्षेत्रमा सुपरिचत नाम हो । उनको
अर्काे परिचयको क्षेत्र भनेको राजनीति हो । एक कविता कृति, दुई उपन्यास कृति र दुई वटा दर्शनका किताबहरु प्रकाशित भइसकेका छन् भने ‘दलन’ जस्तो चर्चित टेलिशृङ्खलाको कथा पनि
उनले लेखेका छन् । आहुति थोरै लेख्ने तर गुणात्मक लेख्ने लेखकका रुपमा परिचित
छन् । साहित्य लेख्नका लागि प्रेरणा भन्दा वस्तुगत परिस्थितिलाई प्रमुख मान्ने आहुति
साहित्यलाई मान्छेका आकाङ्क्षा व्यक्त गर्ने तरिका हो भन्छन् ।

आहुति भन्छन् ‘कम्युनिस्ट
आन्दोलन भनेको विचारधारा परिवर्तनको आन्दोलन हो, मानिसको चेतना नै परिवर्तनको
आन्दोलन हो । यो विचारधारा र विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन भएको हु“दा
यसलाई अङ्गिकार गरेर लेख्न थालियो ।’ कवि, उपन्यासकार, राजनीतिज्ञ आहुतिस“ग
सुनाखरी सन्देशका लागि युवा साहित्यकार÷पत्रकार शैलजले उनको लेखन यात्रा र अन्य
विभिन्न विषयमा कुराकानी गरेका छन् ।

साहित्यप्रति कसरी आकर्षित हुनु भयो र साहित्य लेख्नका लागि
प्रेरणा केले प्रदान ग¥यो ?
साहित्यका लेख्नका लागि प्रेरणा भन्ने कुरा मान्दिन म । प्रेरणाभन्दा वस्तुगत परिस्थिति
प्रमुख कुरा हो । जति प्रेरणा दिए पनि एउटा राउटे परिवारमा जन्मेको मान्छे कवि बन्न
सक्दैन । जबसम्म उनीहरू सामान्य रूपले शिक्षित बन्दैनन्, साहित्यिक वातावरणमा आउ“दै
नन् त्यति बेलासम्म त्यहा“ साहित्यकारहरू जन्मिदैनन् । त्यस कारण प्रेरणा होइन वस्तुगत
परिस्थित प्रमुख कुरा हो । काठमाडौंमा नेवार वस्ती भएका कारण विभिन्न चाडहरूमा
डबली नाटकहरू देखाउने चलन थियो । त्यही नाटक हेर्दै जाने क्रममा विस्तारै आफंै नाटक
बनाउने र खेल्ने गर्न थालियो । यसरी नाटक बनाउने क्रममा नै साहित्य लेख्न थालियो ।

साहित्य के हो ?
साहित्यको परिभाषा धेरै थरी ह“ुदै आएका छन् । मेरो विचारमा साहित्य मान्छेको
अनुभूति र आकाङ्क्षाहरूलाई व्यक्त गर्ने तरिका हो । मानिसका आकाङ्क्षहरू साहित्यमा
व्यक्त भएको हुन्छ । मान्छेले जो जीवनमा तत्कालै प्राप्त गरिरहेको छैन त्यो आकाङ्क्षा
साहित्यमा व्यक्त हुन्छ ।


 साहित्यमा पनि प्रगतिवादी धारामा नै किन लाग्नु भएको हो ?
त्यो त आन्दोलनले यहा“ ल्याई पु¥याएको हो । माक्र्सवादस“ग नजिक हुनुभन्दा
पहिला जस्तो मन लाग्यो त्यस्तै लेखियो । माक्र्सवादलाई चिनिसकेपछि, वर्ग सङ्घर्षलाई
चिनिसकेपछि, वर्गीय समाजको संरचना थाहा पाइसकेपछि, समाजवादको सपना त्यो धार
ाले दिइसकेपछि स्वभाविक रूपमा प्रगतिवादी धाराबाटै मानव समाजको सेवा गर्न सकिन्छ
भनेर त्यसलाई अ“गालिएको हो । विचार अ“गाल्ने भनेको त एउटा संस्कारले दिने विचार
हुन्छ जन्मेदेखि नै परिवारले, समाजले दिने विचार हुन्छ अर्काे माक्र्सवाद भन्ने कुरा चाहि“
सचेत रूपमा ग्रहण गर्ने कुरा हो । हाम्रो संस्कारले दिने प्रत्ययवादी सोचका विरुद्ध विचार
परिवर्तनको आन्दोलन भनेको प्रगतिवादी आन्दोलन नै हो ।

संसारमा अन्य धेरै प्रकारका
आन्दोलनहरू छन्, देशभक्तिपूर्ण आन्दोलन, साम्राज्यवाद विरुद्धको आन्दोलन, सामुदायिक
आन्दोलनहरू छन् र अन्य धेरै प्रकारका आन्दोलनहरू छन् तर तिनीहरू विचार परिवर्तनका
आन्दोलन होइनन् । तिनीहरू राजनीतिक एजेन्डाका मात्र कुरा गर्छन । विचार परिवर्तनको
आन्दोलन, विचारधारा परिवर्तनको आन्दोलन वा विश्वदृष्टिकोण परिवर्तन गर्न आन्दोलन
भनेको प्रगतिवादी वा कम्युनिस्ट आन्दोलन नै हो । पा“च÷छ हजार वर्षदेखि जुन विचार
संसारमा छ जसले वर्ग समाज बनाउन काम ग¥यो, जसले मान्छेलाई अलौकिक चीजहरूमा
विश्वास गर्न सिकायो, जस्ले मान्छेलाई मान्छे भन्दा शक्तिशाली अर्काे चीज छ–छ भनेर
सिकायो । त्यो प्रत्येयवादी (आदर्शवादी), प्रत्येय अर्थात चेतना जुन छ कम्युनिस्ट आन्दो
लन जन्मनुभन्दा पहिले सबै आन्दोलनको वैचारिक आधार त्यही नै थियो । कम्युनिस्ट
आन्दोलन भनेको विचारधारा परिवर्तनको आन्दोलन हो, मानिसको चेतना नै परिवर्तनको
आन्दोलन हो । यो विचारधारा र विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन भएको हु“दा यसलाई
अङ्गिकार गरेर लेख्न थालियो ।


आहुति एउटा राम्रो कवि, राम्रो उपन्यासकार तर राजनीतिक
व्यक्तित्वले कवि र उपन्यासकार व्यक्तित्वलाई नै खाइदियो भन्ने छ नी ?
यसका दुई वटा पाटा छन् । साहित्य मेरो रुचिको विषय भयो, राजनीति मेरो दायित्व,
समस्या यही नेर छ । मेरो सामाजिक पृष्ठभूमि जस्तो रह्यो जसका कारणले एउटा कालसम्म
मैले राजनीतिमा काम गर्नु पर्ने हुन्छ । त्यो मैले ईच्छाएर त्यसो भएको होइन, गर्दै जा“दा
त्यस्तो भएको हो ।

मैले पचास सालमै मूल राजनीतिबाट साहित्यमा जानकै लागि र यो
साहित्यमा जान सक्दो रहेछ भनेर जनून् भनेरै हो ‘नया“ घर’ उपन्यास लेखेको, त्यो भन्दा
पहिले कविता मात्रै लेखिन्थ्यो । तर मिलेन त्यति बेला । एउटा टु्ंगोमा पुगेपछि फेरि
साहित्यमै केन्द्रित हुने विचार चाहि“ मरेको छैन । राजनीति फेरि एउटा चीज हो त्यसको
सफलतामा धेरै कुरा हुने । मलाई के लाग्दछ भने ईच्छाहरू भनेका पूरा नहुन कै लागि
जन्मने हुन । सय वटा पूरा गर्नु भयो भने डेढ सय वटा पूरा हु“दैनन् । मेरो विचार मरेको
छैन । म दोहोरो नै धानी रहन्छु ।


 वर्तमान समयमा आख्यानको भेल बाढी चलेको छ । पछिल्ला केही वर्षदेखि देशमा गनिएका, मानिएका पुरस्कारहरू पनि उपन्यासले नै पाइरहेका छन् । यसलाई कसरी हेर्नु भएको छ ?
यसमा दुई वटा कारण छन् । एउटा कविता धेरै लेखिने र थोरै पढिने विधा हो ।
उपन्यास पढदा खेरी कम मेहनतपूर्वक बुझिने विधा हो र उपन्यास बजारमा अली बढी
बिक्छ पनि । त्यसो भएको हु“दा पनि उपन्यास लेखन बढेको होला । अर्काे कारण नेपाल
उपन्यास असाध्यै कम लेखिएको देश हो । त्यो कोणबाट पनि अहिले मान्छेहरू त्यो क्षे
त्रमा काम गर्न लागि परेका छन् । बाढी नै आएको भन्ने चाहि“ होइन । उपन्यास कम ले
खिएको ठाउ“मा अलिअलि लेखिन थालेको हो ।


 अहिले सबै लेखकहरू जो अन्य विधामा मात्रै कलम चलाउथे
उनीहरू पनि उपन्यासमै केन्द्रित हुन थालेको पनि देखिन्छ नि ?
बजारमा पनि उपन्यासको माग बढ्नु एउटा कारण हो अर्का पहिला भन्दा लेखकहरू
यो क्षेत्रमा बढी क्रियाशील हुन थालेका छन् । यसलाई मैले नकरात्मक रूपमा बुझेको छैन,
यसलाई सकरात्मक रूपमा लिएको छु । तर के कुरा होइन भने उपन्यास धेरै लेख्दैमा अन्य
विधा विधा कमजोर हुन्छन् भन्ने बेकारको कुरा हो । उपन्यास नपुगिरहेको ठाउ“मा लेखियो
राम्रै भयो । नेपालमा कति थियो र उपन्यास ? ३६ सालको वरपर हे¥यो भने दुई÷तीन
वटा भन्दा छैन । यसमा पनि राम्रो उपन्यास हे¥यो भने पूर्वतिर र अनि“दो पहाडस“गै, पर्खाल
भित्र र बाहिर मात्रै त हुन नि । यिनै तीन चार वटा उपन्यासले धानेको अवस्था हो त ।
चालिसको दशकपछि अलिअलि लेख्न थाले मान्छेहरूले । त्यसमा पनि त्यति दम भएन

प्रगतिवादी उपन्यासको सिङ्गै विरासत पारिजातले धानिदिएको अवस्था थियो । उनको
मृत्यपछि त उपन्यास नै थिएन । उनको मृत्यु हु“दाकै वर्ष लेखिएको हो ‘नया“ घर’ त्यसपछि
‘जिरोमाइल’, ‘रातो आकाश’ र ‘समरयात्रा’ नै त हो आएको । अरु धारमा पनि अवस्था
कमजोर नै त छ पछिल्लो समय ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी र सरुभक्त थपिएका हुन
त्यो भन्दा अगाडि दौलतविक्रम विष्टले धानिदिएको अवस्था थियो । फट्टफुट्ट त आइरहे
तर उपन्यासको भने सङ्कट नै रहेको थियो । हाम्रो देशमा असाध्यै कमजोर हो उपन्यासको
स्थिति । अहिले अलि लेखिन थालियो, अझै पुगेको छैन ।


 नेपाली साहित्य साह्रै झूर छ भन्ने निराशाजनक अभिव्यक्तिहरू
पनि बेलाबेलामा व्यक्त भइरहेका पाइन्छ । नेपाली साहित्य झूर नै छ त ?
नेपाली साहित्य नेपाली भाषाकै आयु र नेपाली साहित्य भनेर नेपाली भाषामा मात्रै
लेखिएको साहित्यलाई मात्र नेपाली साहित्य मान्ने हो भने यसको विरासत नै कमजोर छ
। यसको उमेर नै धेरै भएको छैन । त्यस कारणले नेपाली भाषामा लेखिएको साहित्य विदे
शका अन्य सम्मृद्ध भाषमा लेखिएको साहित्यको तुलनामा धेरै नै नहोला त्यो अर्काे कुरा
भयो तर नेपाली साहित्य भनेको नेपालभित्र बोलिने सबै भाषाको साहित्य हो । त्यसरी
हेर्न हो भने मैथिली भाषाको साहित्य पनि नेपाली साहित्य भित्र पर्छ , भोजपुरी, नेवारी,
अवधी यि सबैलाई मिलाएर हेर्न हो भने यो सारै कमजोर हो भन्ने म देख्दिन ।

एउटा भाषा
र संस्कृतिबाट हे¥यो भने नेपाल बुझिदैन । अर्का कुरा जनसङ्ख्या त्यहा“ कति बस्छ भन्ने
कुरा पनि भर पर्दाे रहेछ । जहा“ पनि मात्राबाट गुण भन्ने सिद्धान्त लागू हु“दो रहेछ । त्यस
,कारण हाम्रो जनसङ्ख्या नै थोरै छ त्यसो भएको हु“दा हाम्रा साहित्यकार पनि थोरै हुन्छन्
। हाम्ले थोरै लेखेपछि चर्चित भइन्छ । यसका गुण अवगुण दुबै छन् । यहा“ एउटा राम्रो
कविता लेख्यो भने एउटा कवि पा“च वर्ष जीवित हुन्छ । चीनमा एउटा राम्रो कविता लेखेर
पा“च वर्षसम्म कोही पनि जीवित रहन सक्दैन ।


आन्दोलनको भावना अनुरूप साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान जस्ता
सरकारी साहित्यिक निकायको पुनःसंरचना हुन सकेको छैन किन होला ?
यिनीहरूको मात्र होइन केहीको पनि भएको छैन । राजनीतिमा सङ्क्रमण काल
भइसकेपछि अरु सबै क्षेत्रलाई त्यसले असर गरिहाल्छ । अहिले सबै क्षेत्रमा गरिएका
व्यवस्था पनि सङ्क्रमणकालीन व्यवस्था हुन । यस कारणले राज्यको पुनःसंरचनाको मुद्दा
नै हल नभइरहेको अवस्थामा प्रज्ञा प्रतिष्ठान पुनःसंरचनाको विषयमा प्रवेश गर्ने विषय पनि
बनिसकेको छैन । मलाई लाग्ने केहो भने यदि हामीले राजनीतिक सङ्क्रमण काललाई
टुङ्ग्याएऔं र संविधान निर्माण गर्न सक्ने ठाउ“मा पुग्यौं र संविधानमा हामीले नेपाली
संस्कृतिको मूल अवधारण तयार पार्न सक्यौ भने त्यसैमा आधारित भएर प्रतिष्ठानहरू बन्ने
हो । अहिले त पञ्चायतले कल्पना गरेको आधारमा बनेको प्रतिष्ठानले अहिलेको भूमिका
खेल्न सक्ने कुरै भएन ।

प्रज्ञा प्रतिष्ठानले किताब छाप्दै हि“डने पनि होइन । किताब छाप्ने
काम त किताब कम्पनीहरूको हो । साझा त्यसका लागि छ“दैछ । प्रज्ञा प्रतिष्ठानले किताब
कम्पनीको काम गरेपछि त्यसको के अर्थ भयो र ? उसको काम त नेपाली साहित्य र
संस्कृतिको अनुसन्धानमा मूलभूत रूपमा केन्द्रित हुनु पर्ने ठाउ“मा उसले किताब छाप्ने, गोष्ठी
गर्नु जस्ता कुरामा बजेट खर्च गर्नु परेको छ, किनकि त्यसको डिजाइन नै त्यस्तै हो । त्यो
एउटा भ्रम दिन जस्तो अझ विशेषतः नेपाल भित्रको एउटा भाषालाई जबर्जस्ती लादनका
लागि खडा गरिएको संस्था भएको हुनाले त्यस्तो भएको हो । त्यसले अरु भाषाका शब्द
कोश निकाल्दैन नेपाली भाषाको निकाल्छ । त्यो त अरु भाषालाई निमिट्यान्न पार्नका
लागि खडा गरिएको अखडा हो । त्यसको पुनःसंरचना आवश्यक छ । त्यसका लागि
आजको संस्कृतिक नीति के हो भन्ने कुरा नै टुङ्गिएको छैन । त्यसकारण सङ्क्रमण काल
टुङ्गिएपछि त्यसको पनि व्यवस्थापन होला भन्ने म ठान्छु ।


प्रगतिवादी साहित्य धरासायी बन्दै गइरहेको, प्रगतिवादी
साहित्यभित्र वैचारिक स्खलन बढ्दो छ भन्ने आरोप छ नि ? यसलाई
उकास्नका लागि के–के गर्नु पर्ला ?
पहिलो कुरा वैचारिक हिसाबले धरासायी बन्दै गइरहेको छ भन्ने मान्यतामाथि
छलफल गर्नु प¥यो । के हो त्यो भनेको ? जहिले पनि प्रगतिवादी आन्दोलनमा तीन वटा
प्रवृत्तिहरू देखिन्छन् । एउटा दक्षिणपन्थ, सुधारवाद जे भने पनि माक्र्सवादका आधारभूत मूल्य
मान्यतालाई छोड्दै जाने प्रवृत्ति हुन्छ । यो हिजो पनि थिया,े आज पनि छ । यसले मोटामोटी
वामपन्थको भूमिका खेल्न खोज्छ, त्यसमा पनि त्यो चिप्लन्छ । अर्काे जडसूत्रवादी खालको,
अराजकतावादी खालको धारा हुन्छ त्यो सानो वा ठूलो हुन्छ ।

जहा“सम्म आधारभूत रूपमा
क्रान्तिकारी धाराको कुरा गर्ने हो भने अहिले राजनीति प्रधान देखिएको हुनाले त्यो धारा
चाहि“ सेलाएको हो कि कमजोर देखिएको हो कि भन्ने परेको भन्ने मात्रै देख्छु म नत्र भने
यो एकदमै धरासायी भयो भन्ने मैले पाएको छैन । यसका समस्याहरू छन् । समस्याहरू कहा“
छन् भने समाज विकासको हामी जुन चरणमा छौ त्यो चरणलाई आत्मसाथ गरेर साहित्य
सिर्जना कम भइरहेको छ । समाज विकासको क्रम चाहि“ अर्का ठाउ“मा पुगि सक्ने तर ले
खनको आफ्नो सौन्दर्य दृष्टि चाहि“ पुरानै बनाइराख्ने । त्यस्तै सौन्दर्य दृष्टिमा पुनःसंरचना
नहुनु हाम्रो अर्काे समस्या हो । नेपालमा सौन्दर्य दृष्टिमै नया“ अवधारण जरुरी छ । के र
ाम्रो के नराम्रो त्यो त फेरिइसक्यो नि त । यो दुईटा कुरा नै अहिलेको समस्या हो । त्यो
भएन भनेदेखि म जतिसुकै प्रगतिवादी भने पनि के को प्रगतिवादी ? यो दुईटा समस्या त
छन्, पूरै धारा नै धरासायी भन्ने कुराचाहि“ सत्य होइन ।


  राजनीतिमा जसरी काठमाडौं हावी भइरहेको छ साहित्यमा पनि
काठमाडौं हावी छ भनिन्छ नि ?
काठमाडौं हावी होइन काठमाडौंलाई गाली गर्दै काठमाडौंमा बस्नेहरू हावी छन् ।
काठमाडौंलाई गाली गर्दै–गर्दै आउने, काठमाडौंलाई गाली गर्दै गर्दै यहा“ जग्गा किन्ने अनि
काठमाडौलाई गाली गरीगरी घर बनाउने अनि बच्चालाई पनि काठमाडौंलाई गाली गर्न
सिकाएर मर्नेहरूको एउटा खलक छ नि त्यो चाहि“ हावी छ ।


नया“ साहित्यकारहरूलाई वैचारिक हिसाबले प्रशिक्षित र प्रतिवद्ध
बनाउन के–कस्ता सामग्रीहरूको अध्ययन गर्नुपर्ला ?
मलाई लाग्ने के हो भने विचार निर्माण गर्ने भनेको अध्ययन र अन्तक्र्रिया दुवैले हो
। अध्ययन मात्र भयो अन्तक्र्रिया भएन भने पनि एकोहोरो हुने खतरा हुन्छ । त्यस कारण
पहिले आधारभूत रचनाहरू अध्ययन गर्नुपर्छ । मान्छेले पुरानो किताब भएपछि नया“ चेतना
हु“दैन भनेर ठान्दो रहेछ । त्यो बुझाइ ठीक होइन । पुरानो किताब भनेको विचार पो पुरानो
हुने हो त कति वर्ष पहिले निस्केको थियो भनेर पुरानो हुने त होइन नि । आधारभूत र
चनाहरू युवा पुस्ताले पढनै पर्छ र त्यसमा नया“ खोज भएका कुरा जोड्नु पर्छ । आधारभूत
रचनाहरूबाट अलग र त्यसमा छिटफुट रचनाबाट प्रशिक्षित हुन थालेपछि मान्छेको आधार
बन्दैन । जति पूरानो भए पनि पु“जीवादलाई बुझ्नका लागि माक्र्सको ‘पु“जी’ पढ्नै पर्छ ।
पछि थपिएका नवउदारवाद, भूमण्डलीकरण, विश्वव्यापीकरण आदिलाई त्यसमा थप गर्नुपर्छ

आधारभूत रूपमा पु“जीवादी समाजको मुख्य कुरा के हो भनेर अध्ययन गर्नका लागि
त्यो अध्ययन त गर्नै प¥यो । । वर्गको उत्पत्ति र वर्गको चरित्र फेरिएला तर वर्गको मुख्य
गुण र किन पैदा भो त भन्ने कुरा थाहा पाउन ‘माक्र्सवाद’ त पढ्नै प¥यो नि त । राज्यको
चरित्र बुझ्न अन्य जतिसुकै अध्ययन गरे पनि राज्यको चरित्र बुझ्न राज्यको उत्पत्तिको
बारेमा अवधारण पढनै प¥यो नि त । यसको अर्थ आधारभूत रचना पढन पढनु प¥यो र
त्यसमा अरु थप्नु प¥यो । आधारभूत रचना कम र पत्रिकाको भरमा बढी माक्र्सवादी वा
क्रान्तिकारी हुन थालियो भने बर्बाद हुने खतरा हुन्छ । कम्तिमा पनि छानिएका दस वटा
आधारभूत रचनाहरू पढ्नु पर्छ र त्यसमा अरु थप्दै जानु पर्छ ।

source : sunakhari sandesh