हे, पहाड !
तिम्रा नयनहरुबाट
बगेका छहराहरुले
प्रचण्ड गर्मीमा
मेरा अङ्ग अङ्ग चुमिदिदा
म प्रेमले निथ्रुक्क भिजिदिन्छु !
जब तिम्रा काखहरुमा
सजिएका पल्लवी बोटहरुमा
उहि बालापनको चन्चलता पाउँछु
अनि म शीतलताको लोभले
प्रत्यक बोटको छहारीमा
आफुलाई बिसाउँछु !
तिम्रा कन्दरा – खोचहरुमा
भरिएका हरिया दुबोहरुमाथि
आफ्ना पैतालाहरु कुदाउँछु !
खुलेको क्षितिज भरि सल्बलाउने
बादलका जन्तहरुले
जब-जब मलाई हेरेको भान हुन्छ
तिम्रो सिङ्गो आकृति
यो दिलमा बोकेर
आँखाको ढकनी बन्द गरि
ओठका दुई ध्रुव
भेटिदै- छुटिदै गरेको तस्बिर
मुटुको भित्ताभर कैद हुन्छन्
केवल, तिमी हुनुको आभासले !