कविताः गाैशाला २६

हिमालकाे स्निग्ध भव्यता देखेर
सुदुर देशबाट आएको अन्जान यात्री
ज्यानमारा हिमपहिराेले पुरिएकाे
गाैशाला २६ हुँ म ।

नदीकाे कलकल ध्वनिले तानिएर
नदीकाे बहाब हेर्न
नदी किनार पुग्दा
विध्वंसक बाढीले बगाएको
गाैशाला २६ हुँ म ।

माकुराकाे कलात्मक जालाेले मुग्ध बनी
जालाे समीप पुग्दा
फन्दामा परेको निर्दाेष जीव
गाैशाला २६ हुँ म ।

आफ्नै रनवनमा निस्फिक्री डुलिहिड्दा
निर्दयी शिकारी फन्दामा परेकी
घाइते बघिनी
गाैशाला २६ हुँ म ।

आफ्नी आमाको स्तन
अश्लीलताले हेर्ने नजर छ भने
आऊ हेर्न मलाई
गाैशाला २६ हुँ म ।