जब मान्छे
मरे जसरी
निदाउँछन् ।
तब
कविता
एउटा क्रान्ति
बनेर
समाजमा
उभिन्छ ।
खैर, म सोच्छु
त्यो क्रान्तिमा
भावको ज्वाला
ध्वाप ध्वाप
बले हुने थियो
आवाजले
आकाश चमे हुन्थ्यो ।
अथवा त्यो आवाज
श्री हरिहरको
घण्टी जस्तो
या त त्यो भन्दा
चर्को, चर्को
र, बिउँझिऊन
मुर्दा बस्तीहरु ।
यति भन्दै गर्दा
यस बेला
म एउटा कविताको
चौरमा
थपक्क बसिरहेको छु
जसलाई “पाटन” भन्दा
हुन्छ, विल्कुल हुन्छ
त्यसै बेला
एउटा कुकुरले
भन्यो, “तैले लाज
नछोपेको
देखेर
मैले लोकलाज
मान्न सकिन ।”
फेरि म सुन्छु ,
कविताको पंक्तिमा बसेर
जोसँग सम्बन्धित
अर्को कुुकुरले भन्यो,
“मेरा लाज
म सँग छ
तेरो लाज तै सँग ।”
तर म दङ्ग पर्छु,
तिनका गहकिला, झड्किला
तर्क सुनेर, केही बुझेर
केही गुनेर ।