खुसी लिएर जाउ आँसु दिएर जाउ
म सँग छ जति पनि पीडा राख्ने ठाउँ ।
तिम्रै भलो चाहन्छु यै कामना छ मेरो
होस् बरु संधै नै जीवन मेरो अधेंरो
म हराउँ यतै सहरमा चलोस तिम्रो नाउँ
म सँग छ जति पनि पीडा राख्ने ठाउँ ।
दु:ख हुँदै नहोस् केशै नझरोस् कहिल्यै
हांस्दै कटाउनु जुनी रुनै नपरोस् कहिल्यै
मेरो अवस्था हेर्न बिर्सेर पनि नआउँ
म सँग छ जति पनि पीडा राख्ने ठाउँ ।