दिनेश बस्नेत पोखरा-२०, भलाम
माघ २ गते २०८०
खै के जानु चोकमा ?
चियाभन्दा कुरा धेरै
कुरा पनि यस्ता का कि
बसेकाका कुरा गर्दैनन्
उठेर गएकाका कुरा गर्छन्
कि नभएकाका कुरा गर्छन्
यस्तो लाग्छ, चोकमा जानुको साटो
बारीको माटो ओल्टयाइ पोल्ट्याइ
कोल्ट्याइ ओल्ट्याइ गर्न सके
ठीक हुँदोरहेछ
पैसा माटोमा नै फल्दा रहेछन्
रुखमा त पातमात्र फल्दा रहेछन् ।