गजल

तिमी सँग रम्ने रहरमा रहेछु
र विद्रोह गर्नै नसक्ने भएछु ।

सिसा टुक्रिएझैँ छ मन टुक्रिएको
पुनः जोड्न मिल्दै नमिल्ने बनेछु

कहर जिन्दगीको कहाँसम्म होला
म धर्ती हुनाले सहेरै बसेछु ।

बलेसी बनेका परेला पुछेर
म गन्तव्य खोज्दै अगाडी बढेछु

कदम रोक्नलाई निकै जोड गर्छन्
म हिम्मत नहार्ने हरूमा परेछु ।

बहर: मुतकारिब मुसम्मन सालिम