दुई मुक्तक

देशका लागि यो गणतन्त्र नेताको कमाउने भाँडो भयो
अब त जनतालाई यही गणतन्त्र बेकारको घाँडो भयो
गणतन्त्रको नाममा देशमा छाडातन्त्र भएको छ सरकार
जनतालाई शोषण गरी तिम्रैमात्र पेट घ्याम्पे डाँडो भयो।

तिम्रै तस्बिर आउँछ नजरमा कसरी सम्हालुँ
आत्तिन्छ मन् भेट्ने तरखरमा कसरी सम्हालुँ
तिमी क्षितिज पारी म वारी सम्भव नै भएन,
तड्पी रहेकोछु पापी शहरमा कसरी सम्हालुँ ?