
गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा तामाङ भाषाको रचना वाचन तथा साहित्यिक विमर्श कार्यक्रम भएको छ ।
कार्यक्रममा आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाले लामाले कुङामा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उनले कोकोम्हेन्दो साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका कार्यक्रम सराहनीय रहेको जनाए ।
साहित्यका क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको भाषा, संस्कार र संस्कृति समृद्ध हुने जनाउँदै लामाले नेपालका आदिवासी समुदाय गणतन्त्रका पक्षधर र अग्रगामी भउको उल्लेख गरे । हरेक जातजातिको भाषा, लिपी, संस्कार, संस्कृति समान रूपले विकास हुने अवसर राज्यले सिर्जना गर्नुपर्नेमा जोड दिए

कार्यक्रममा मनसुब्बा स्याङ्बो, पवित्रा थोकर, रामबहादुर ब्लोन शिबुु, साहित्यकार माधव खतिवडा र मिनमाया डुम्जनले तामाङ भाषामा कविता वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अघ्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्तबहादुर तामाङ, सदस्य अन्जना डुम्जन र सचिव मीनमाया डुम्जनले पनि बोलेका थिए ।