
१. केवल आवाज विहिनको आवाज बनिदिनेमात्र हो
सिधासाधा लुटिएको हरहिसाब गनिदिनेमात्र हो
कसले आफ्नो गालामा छाम्छ मलाई के मतलव ?
मैले त चोरको दारीमा सिन्का छ भनिदिनेमात्र हो ।
२. सडकमा कुर्लिन्छ सत्तामा पुगेपछि बोल्दैन
कसैले आफ्नो कुर्सीमाथि जोखिम मोल्दैन
काण्डसँग काण्ड साट्ने थलो हो सिहंदरबार
भ्रममा नपरौं कसैले कसैको फाइल खोल्दैन ।
३. भाडाको भीडलाई एक्लो मान्छेले चुनौती दियो
भाषण होइन काम देखाउछु भन्ने प्रतिज्ञा लियो
मुर्दाहरु मिलेर चारैतिरबाट प्रहार गरिरहेछन्
जब राजधानीमा एउटा केटो जिउँदो निस्कियो ।