
नबोक है नारी, नबोक है नारी
नगरेको पापको, थुपारेको भारी।
सृष्टिको आधारलाई, पाप जनाएर
डराउन दिने खालका, कथा बनाएर
युगौ देखि यसरी नै,छल्दै आए खाली
व्रत बसी पञ्चमीमा, नबजाइदेऊ ताली ।
नबोक है नारी, नबोक है नारी
नगरेको पापको, थुपारेको भारी।
लाज मान्दै हेरेको छ ,आज विज्ञानले
कुनितीले ठाउँ पायो, हाम्रो अज्ञानले
त्याग्नु पर्छ सबै मिली, यस्तो परम्परा
उखेलेर फाल्नु पर्छ, कुसंस्कारको जरा।
नबोक है नारी, नबोक है नारी
नगरेको पापको ,थुपारेको भारी।
( तिज पञ्चमी खारेज गरौ)