साहित्य

भर्चुअल माध्यमबाट भानुजयन्ती तथा पुस्तक विमोचन

असार २९ गते २०७ औं भानुजयन्तीको सन्दर्भमा पुस्तक विमोचन तथा सृजना वाचन भएको छ । पर्वत साहित्य सङ्गमको आयोजनामा जुम एप्लिकेशनको माध्यमबाट सम्पन्न गरिएको कार्यक्रममा साहित्यकार राजेन्द्र पहाडीको नवीनतम समालोचना कृति ‘सृष्टिमा दृष्टि’ को सहप्राध्यापक डा। षडानन्द पौड्यालले सार्वजनिकीकरण गरे । कृतिका बारेमा संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका साहित्यकारले आ–आफ्ना साहित्यिक सृजना वाचन गर्नुका साथै भानुभक्तले नेपाली भाषा साहित्यको विकासमा पु¥याएको… पुरा पढौ

पोखरामा भानुभक्तको सम्झना

वर्षातको परवाह नगरी पोखरामा साहित्यकार भानुभक्त आचार्यको सम्झना गरिएको छ । आचार्यको २ सय ७ औं जन्मजयन्तिको अवसरमा भएका कार्यक्रमका सहभागीले उनको प्रतिमामा माल्यार्पण, उनका रचनावाचन र योगदानको चर्चा गरे । भानु वाङ्मय प्रतिष्ठानले सोमबार बिहान आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मीनाकुमारी गुरुङले नेपाली भाषाको उन्नयनमा भानुको योगदान अतुलनीय रहेको बताइन् । प्रतिष्ठानका अध्यक्षसमेत रहेका साहित्यकार सरुभक्तले भानुपार्कलाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गरिनुपर्नेमा जोड दिए । समारोहमा समाजसेवी गणेशबहादुर… पुरा पढौ

भानुभक्त : नेपाली भाषा, साहित्यका चहकिला नक्षत्र

भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । 'अध्यात्म रामायण' अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायण नेपाली भाषा र साहित्यको पहिलो महाकाव्य हो। मोतीराम भट्टले १९४८ सालमा भानुभक्त आचार्यलाई आदिकवि लेखे, तर उनले लेखेको त्यो 'आदिकवि'… पुरा पढौ

सन्दर्भ भानुभक्तको सम्झना हजुरआमाको

बाजेओ भानुभक्त बाजेसबैले सम्झिरहेका छन् तिमीलाईमैले सम्झिरहेको छु हजुरआमालाईसम्झिरहेको छु गजाधर बाजेको परिवारलाई जुन बेला म सानै थिएस्कुल जाने उमेर भएकै थिएनहो त्यै समयमामलाई मेरी हजुरआमालेरामायण सुनाउनु हुन्थ्योएक दिन नारद सत्य लोक पुगिगया भन्दैमैले रमाइलो मानी मानी घण्टी बजाउथेदाइले खुसी हुँदै शंख बजाउथ्योबहिनी छेउमै हात जोडेर बस्थीखुब आनन्द लाग्थ्यो हामीलाईतिमीलेरामायण लेख्दै गर्दाअह कहिँ कतै लेखेनौनारीहरुले पढ्न पाउनु पर्छ भनेरनारीहरुले लेख्न पाउनु पर्छ भनेरलेख्दै गर्दाथुप्रै कविताहरुलेख्यौ तिमीले नारीले हांस्न हुँदैन भनेरहांस्ने… पुरा पढौ

बुबाको स्मृति ग्रन्थ कसरी तयार होला ?

बुबाको राजनीतिक जीवन अखिल, चौम,मशाल,एकताकेन्द्र,माओवादी, एमाओवादी, ड्यास माओवादी, क्रान्तिकारी माओवादीका संगठनहरुमा पुरै ४२ वर्ष ब्यतित भएको थियो। ४२ वर्षमा राजनीतिक संगत मात्रै हजारौं मान्छेहरुसंग भए होलान्। मलाई २०४५ साल देखि यताको बुबाको राजनीतिक जीवन प्रत्यक्ष रूपमा ज्ञान छ।त्यसभन्दा अगाडि को राजनीतिक जिवनबारे उहाँ र अन्य नेतृत्व पंक्ति बाटै सुनेको हुँ।२०२३ सालमा आमा १२ वर्ष र बुबा ११वर्ष हुँदा उहाँहरुको बिबाह भएको रहेछ। २०२३ देखि यताको बुबाको जीवन गाथा आमाले पनि… पुरा पढौ

गजल

प्रकृतिले पनि घरिघरि छलिरहेछ आजकतै बाढी, कतै पहिरो चलिरहेछ आज कहिले सलह, कहिले कोरोनाको कहरविपत्तिमाथि विपत्तिले मन गलिरहेछ आज छिमेकीको कुदृष्टि हामी नेपालीमाजनताको मन आक्रोशले जलिरहेछ आज कहिले मिच्ने, कहिले हेप्ने प्रबृत्ति देखेरमेरो देश दुःख, पीडामा ढलिरहेछ आज आफ्नै छिमेकी पनि शत्रु झै भईदिदा,छातीभित्र आगो बलिरहेछ आज । पुरा पढौ

सम्झनामा शुशील

आफ्नो शरीर त्यागेर गयौदुख्ने मन जलाएर गयौतिमी त गयौतर यो जिन्दगी भरलाई पोल्ने गरीकहिल्यै ननिभ्ने आगोले दन्काएर गयौ दिमागमा धेरै कुरा खेल्छन् । यो लेख्छु, त्यो लेख्छु । हुन त तिम्रोबारे जति कुरा गरे पनि कहिल्यै थाक्ने त होइन म, तर लेख्न बसेपछि निशब्द हुन्छु । आज तिमी जन्मिएको दिन मेरा लागि थप जिम्मेवारी थपिएको दिन । आजै मैले दिदी जो बन्ने सौभाग्य पाएकी थिएँ । तिमी जन्मदाको क्षण त… पुरा पढौ

छन्द बचाऊँ अभियान : एक सामान्य बुझाइ

सबैभन्दा सजिलो भीडको पछि दौडिन हुन्छ, भीडको मान्यतासित, भीडको अवधारणासित हाँ मा हाँ मिलाउनु हुन्छ । सत्य र क्रान्ति सबैको वशको विषय होइन, चाहे त्यो राजनीतिक क्रान्ति होस्, चाहे सामाजिक र चाहे साहित्यिक नै किन नहोस् । नेपाली साहित्यको भीडभाडमा एउटा त्यस्तै अवधारणाको हुन्डरी आयो । काव्यलेखनको सुरुवातदेखि प्रयोग हुँदै आएको शास्त्रीयताबद्ध लयचेतनालाई मानिसहरूले उपहास गर्न थाले । मात्रा मिलाउनुपर्ने, ह्रस्व दीर्घको व्यवस्थालाई शतशः अङ्गीकार गर्नुपर्ने र भाषालाई बिगार्न पनि… पुरा पढौ

कविता : दियो र आगो

जल्दै गरेको दियोबल्दै गरेको आगो !कसलाइ के थाहा को कहिले सकिन्छ ?तैपनि जल्नुको खुशीमाबल्नुको खुशीमायि दुबै जलीरहेछन्यि दुबै बलीरहेछन् ! यो नभमा हजारौंतक बिजुली चम्किइरहन्छ !बर्षा भइरहन्छ !तर के थाहा चम्कनुर बाछीटा भएर सकिनुकोअसर कहिले कसलाइ पर्छर पनि यि दुबै खसीरहेछन् !खस्नुको खुशीमा !सकिनुको आहुतिमा ! ठिक त्यस्तै गरेरठिक त्यस्तै गरेरजीवन पनि त्यसै त्यसै सकिन्छ !त्यसै त्यसै भरा भरामा भरीन्छ !र डोर्यायर आहुतिहरुलाइ !र यो सकिनुको कुन डौडाइ थियो !यो… पुरा पढौ

कथा : पटके मृत्यु

बैठक कोठामा बसी रामचन्द्रले आफ्ना सात वर्षे छोरी र नौ वर्षे छोरालाई नैतिक शिक्षा दिइरहेका थिए । उनी एउटा सरकारी अफिसका सुब्बा तहका कर्मचारी थिए । उनका आफ्नै उमेरका ऋषिकेश नामका भान्जा पनि त्यसदिन सँगै थिए । ऋषिकेश पनि मामाकै तहका कर्मचारी थिए । उनी सदाचारी थिए । मामाको अकुत सम्पत्ति कमाइबारे उनलाई राम्ररी थाहा थियो । भान्जालाई समेत प्रभाव पार्ने मनसायले रामचन्द्रले सुनाउँदै गए । मानिस जन्मेपछि एक पटकमात्र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं