
आजभोलि बिनाउत्सव पिए जस्तो लाग्छ
खै किन हो नशैनशामा जिए जस्तो लाग्छ
घरीघरी होसमा आउँदा झल्याँस्स भै फेरि
बेहोसीमा दिल कसैलाई दिए जस्तो लाग्छ
बढी विश्वास गरी दिई रित्तिएपछि अहिले
बेकारको तनाव आफूले लिए जस्तो लाग्छ
पीरुसुर्ताले हो कि खै, पश्चातापमा जलेर हो
दिनानुदिन शरीर आफ्नो खिए जस्तो लाग्छ
देहसँगै चोटचोटले धुजा धुजा भै फाटेको मन
सियो धागो बटुली समयले सिए जस्तो लाग्छ।
२०७७ श्रावण १ गते बिहीबार