गीत

धर्ती छोडी गयौ प्रिया आधा जिन्दगीमा
झेल्दैछु म एक्लै पीर, बाधा जिन्दगीमा

तिमी गयौ जिन्दगीको चाँदनी त्यो गयो
कालो रातमा भीरको बाटो हिँड्नुपर्ने भयो
सम्झनाको डढेलोले छाती डढाईदियो
उठ्न खोज्दा नियतिले भुइँमा लडाइदियो

मुटु गाँठो पार्छु, तथ्य खोल्न सक्दिन म
आमा खोई ? भन्छ छोरो बोल्न सक्दिन म
घरि मुर्छा पर्छु , घरि फर्किन्छु म होशमा
खुसी भन्ने शब्द छैन मेरो शब्दकोषमा ।