२०७ औं भानु जयन्तीको अवसर पारेर नर्थ क्यारोलाईना नेपाली साहित्य समाज तथा अन्तरास्ट्रिय नेपाली सहित्य समाज नर्थ क्यारोलाईना च्याप्टर र स्थानीय नेपाली सस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाईनाको आयोजनामा संयुक्त रुपले आयोजना गरेको कार्यक्रममा कल्पतरु साहित्यिक पत्रिकाका प्रधान सम्पादक नवराज पुडासैनी ूज्योत्सना ूले विधुतीय माध्यम जूम ू मार्फत उत्तर अमेरिका विशेष कल्पतरुको ८४ औं अंकको विमोचन गरे ।
भानु जयन्तीको यो कार्यक्रम विमोचन , कविता वाचन र वालवालिकाहरुका लागि कोरोनाको प्रभाव वारेमा खुल्ला वक्तित्वकला कार्यक्रम को आयोजना गरिएको थियो। सम्पूर्ण कार्यक्रम जूम मार्फत संचालन भएको र रेडियो हिमालयले प्रतक्ष्य प्रसारण गरेको थियो।
कल्पतरु विमोचन कै क्रममा पुस्तक विमोचन गर्दै सम्पादक पुडासैनीले नर्थ क्यारोलाईनाले कल्पतरु प्रकाशनलाई उत्प्रेरित गरेको र भविष्यमा पनि यस प्रकारको सहकार्य गर्न सहमत रहेकोकुरा व्यक्त गर्दै नर्थ क्यारोलाईना नेपाली सहित्य समाजलाई हार्दिक धन्यबाद दिए ।
पुस्तक प्रकासन नर्थ क्यारोलाइनाका संयोजक तथा यो अंकका सह सम्पादक डा ऋषि वस्ताकोटीले सम्पादक पुडासैनीको साहित्यिक योगदान बारेचर्चा गर्दै वहा संग गरिएको यो सहमतिले हामीले यो अंक मार्फत उत्तर अमेरिकाका ३८ जना लेखक हरुसंग रचना संकलन गर्न सफल भएको र यस पुस्तकले उत्तर अमेरिकामा नेपाली साहित्य लेखनमा सक्रिय रहेका लेखक हरुलाई समेट्न सफल भएको र यसकार्यले प्रवाशमा नेपाली भाषा साहित्य विकासमा भएगरेका गतिविधिको केहि अंश ओगटेको तथ्यता प्रकाश पारेका थिए ।
क्यारोलाइन नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष् तथा कार्यक्रमका सभापति शिखर दुलालले भानुभक्तको तस्विरमा फूलमाला लगाईदिएर सुरु भएको यस कार्यक्रममा स्थानीय साहित्यकार डा हरिहर भट्टराइले भानुभक्तको सहि तस्विरको पहिचान गरि सस्थागत कार्यक्रमहरुमा एकै खालको तस्विर प्रयोग गर्न गराउन सस्थागत पहल गरिनुपर्नेमा जोड दिए ।
समारोहमा विमोचित पुस्तकमा रचना छापिएका कविहरु र स्थानीय कविहरुले आ आफ्ना रचना पाठ गरेका थिए । रचना पाठ गर्ने कविहरुमा नेपालबाट नवराज पुडासैनी, गोकुल अधिकारी , मुकुन्द आर्याल थिए ।
अमेरिका र क्यानाडाबाट गोविन्द सिंह रावत , मुकुन्द अर्याल , मुक्ति गौतम ,दिपा राइ , राजेन्द्र अर्याल , सीता अर्याल , पदम विश्वकर्मा , उर्मिला निर्दोषी , दुर्गा दाहाल हुनुहुन्त्यो भने स्थानीय कवीहरुमा निलम कार्की निहारिका , शिशिर खनाल , उमा शर्मा , गीता वस्नेत , दिपेन्द्र विष्ट , इश्वोर देवकोटा जितमान वस्नेत र राम प्रसाद गौतम थिए ।
समालोचक तथा साहित्यकार गोविन्द सिङ्ग रावतले पुस्तकका सबै रचना पठनीय भएको र उत्तर अमेरिकी आकासमा मौलाउदै गरको नेपाली साहित्य लेखनलाइ राम्रो उजागर गरेको विचार राखे ।
आजको भानु जयन्ती कार्यक्रमको तेस्रो चरणमा नर्थ क्यारोलाइनाका स्थानीय नेपाली पाठशालाका वालवालिकाले कोरोनको प्रभाव वारेमा कथा कविता चिठी का मध्यमवाट नेपाली भाषामा अ आफ्ना विचार व्यक्त गरेर कार्यक्रमलाइ रोचक बनाएका थिए। ३९ बालबालिकाले प्रस्तुत गरेको उक्त कार्यक्रमको संचालन सुजाता ढुंगेलले गरेकी थिइन् ।
कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्ने स्थानीय सस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाक अध्यक्ष् रबिन्द्र कार्कीले वालवालिकालाई नेपाली भाषा सिकाइमा यस प्रकारको कार्यक्रम लाई आफ्नो सस्थाले भविष्यमा पनि सहकार्य गर्ने बताए ।
नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष्य शिखर दुलालले आफ्नो दुइ वर्षे कार्यकालमा भएगरेका गतिविधिबारे प्रकाश पारे । सस्थाको साधारण सभाले सर्वसम्मतिबाट नम्रता आचार्यलाइ अध्यक्ष चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष नम्रता आचार्यले आउदा दिनहरुमा पनि विगतमा झै सबैको सहकार्यमा सस्थालाई सस्थागात गर्दै लैजाने प्रतिवद्धता गरिन ।




