गजल

धुवाँ धूलो त के कुरा, गोली बारुद चले पनि
मलाई मेरै नेपाल प्यारो, रोग र भोकले ढले पनि ।।

नसामा नदी कोशी र काली, जन्मेको माटो मुटुमा सधै
सधै धरहरा शिरमा मेरो, दरबार त्यो नौ तले पनि

खुसी खोज्ने लहरमा पर, ओसियान युरोप पुगे पनि ।
मन भन्छ बेस जन्मेकै देश, निधारमा भावीले छले पनि

कसरी भुलुँ डाँफे र मुनाल, अपि, सैपाल र सगरमाथा ।
सुगन्ध आहा श्रीखण्ड कपुर, मरेर चितामा जले पनि