साहित्य

दुई मुक्तक

भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफैदेशको सीमा अँगालोमा बेरिदिन्थेँ आफैजबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध निफेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै । सीमा मिच्यो छिमेकीले निश्चिन्त छौ तिमीआफ्नै स्वार्थमात्र हेर्ने शोषक हौ तिमीइतिहासले धिक्कार्ने छ जिउँदो लास भनीउठ, जाग संहालेर नेतृत्व लेऊ तिमी ।  gkfriend8@gmail.com पुरा पढौ

गजल

मुखभन्दा धेरै अब हात चलाऊफाँड खोरिया अब घसेटा जलाऊ लोभ नगर भो ग्रीनकार्ड, भिषाकोबाँझो पाखोमा अब सुन फलाऊ के हुन्छ र साथी खाली हात बसेरपसिनाले अब यही माटो गलाऊ खाडीको धूपमा कति बगाउनु सीपनिर्माण गरौ न अब श्रमको तलाउ अर्काको बाच्छो चाट्यो मुखभरि रौविदेशमा भएका अब सबै बोलाऊ । पुरा पढौ

गीत

हिमाल, पहाड, तराई भन्दैछन् एकै स्वरमापस्दै छ होसियार त्यो कालो सर्प घरमा छन् घरभित्र धेरै सर्पकै मतियारकाचुलीमात्रै अर्कै हुन् सर्पकै ती यारखिया फालेर छिटो लगाउँ खुकुरी धारजुट्नुछ देशको लागि गर्नु छ खबरदार सहनै नसक्ने गरी दुख्दैछ सन्धि झन्झन्खुद्रा र थोकमा बिके आफ्नै घरका दुश्मनछोड्नु हुँदैनन् अब खोजौं छिटै विकल्पगर्नु छ विद्रोह, यहाँ पार्नु छ कायाकल्प । पुरा पढौ

लघुकथा : आहत

करिब तीन घन्टा भैसकेको थियो इन्द्रबहादुर लाइनमा बसेको। बसेको के भन्नू र उठेको । लाइन यति लामो थियो कि पालो आउदा दिन पुरै जाला जस्तो लाग्यो उनलाई । मधुमेहको रोगी इन्द्रबहादुर लाई चर्को घामको लाइनमा बस्दा भाउन्न भएर आयो । अस्तिदेखी राम्ररी खाना खाएको पनि छैन , नेताहरुले रासन दिन्छु त भन्छन बाड्दा बाड्दै सकियो भन्ने पो हुन की । आफुले चिनेकालाई धेरै दिने हामीजस्ता लाई थोरै दिने गर्ने पो… पुरा पढौ

तीन मुक्तक

देशले मागोस्, देशको निम्ति पूरै रगत बगाउन सक्छुविशाल छ मुटु मेरो, सिङ्गै देश अटाउन सक्छुकेही होइन म यो देशबिना, देश भएर बाँचेको छुनिसङ्कोच बलिदानीमा म आफूलाई चढाउन सक्छु । पैसा पाए नरक यात्रा आँट्नेहरु छन्स्वार्थ मिले स्वाभिमानै साट्नेहरु छन्आफ्नै दूनो सोझ्याउन खुकुरीझैँ बनीअचानोमा देशलाई राखी काट्नेहरु छन् । औंशीको रात आकाशमा जून रोएको बेलाअभाव अनि महङ्गीमा नून रोएको बेलागुहार मागी कराउँदैमा कस्ले पाउँछ न्याय यहाँअन्यायमा परी आफैँ कानुन रोएको बेला… पुरा पढौ

यमराजको अदालत

अकस्मात हृदयघात भइ उसको मृत्यु भयो। परिवारमा रुवाबासी चल्यो। छिमेकीहरूको मन कुँडिएर आयो । कोही भक्कानिए । कोही गहभरी आँसु पारे । छिमेकी रोएको देखेर गाउँलेहरू पनि रोए । अन्तेष्टिमा हजारौंको सहभागीता थियो। ठुला नेताजी आउनु भयो । पार्टिका झन्डा ओडाउँदै परिवारलाई सरकार समक्ष सहिद घोषणा गरि सालिक राख्ने आश्वासन दिनुभयो। उसलाई लिएर यमराजका दुतहरू हाजिर भए । यमराजले आफ्ना दुतलाई आदेशात्मक भाषामा सोधे - "यमदुत पृथ्वीबासिको शिफारिस के छ… पुरा पढौ

बाल कविता : मौरी

मिहिनेती छ ऊ, गर्छ धेरै कामफूलको रस बटुल्छ, भन त्यस्को नाम ढिला सुस्ती गर्दैन, त्यस्तो मन पर्दैनआफ्नो काम नसकी, पछि हट्दै हट्दैनमिलेर ऊ बस्दछ, चाहिँदैन ठूलो ठामभुन्भुन गर्छ, गुन्गुन गर्छ, के हो त्यस्को नाम फूलको रस चुसेर ल्याउने गर्छ काममह बनाई थुपार्छ मौरी त्यस्को नाम एउटा नायक हुन्छ घारमा काम सिकाउनेथरिथरि फूलको रस झिकाउनेअह्राउने पह्राउने गर्छ उसले कामसबै मन पराउँछन् के हो त्यसको नाम व्यवस्थित बनाउँछ समुदायलाईअल्छी बन्न दिँदैन कर्मी… पुरा पढौ

गजल

कोदो, मकै फले पनि आफ्नै देशको माटाे राम्रोसगरमाथा पुर्याउने नागबेली बाटो राम्रो छिमेकिको बारीभरि सुनै सुन फले पनिपसिनाले भिजाएको मेरै खेतको पाटाे राम्रो स्वाभिमान गुमाएर परातन्त्र बाँच्नु भन्दापेट्राेल ज्ञाँस नपाएर चुलिएको घाटाे राम्रो दार्जिलिङ, नैनिताल, नालापानी हाम्रै थिएमोदि काका कोट्याउँदैछन् नबसेको खाटाे राम्रो रास्ट्रसंघमा उल्लेख छ छिमेकमा अहस्तक्षेपजानीजानी किन पार्छौ एकअर्कामा फाटाे राम्रो ? पुरा पढौ

गाउँ फर्कन्छु म (कविता)

खुसी हुँदा पनिएक्लै रुँदा पनिखल्खली पसिना आउँदाअनि गाउँदान्याउलीले विरहको भाकाम मनभरिझल्झली गाउँ सम्झन्छु ।।१।। गाउँ गाउँ नै होभनेरअभाव र दुःख मात्र देख्नेहरुगाउँको सुन्दरता, पवित्रताप्रति आँखा छेक्नेर भ्रम लेख्नेहरुभनिदेऊगाउँ इमानदारिता, निःस्वार्थशान्त, सफा, निश्छलठाउँ पनि होअनि खुसीले नाच्नेनिर्धक्क बाँच्नेएउटै नाउँ हो भनेर ।।२।। सहरको सभ्यता र भव्यतामारम्दै आडम्बर पस्कनेहरुविलासितामा मस्कनेहरुअनिअभावमा ठस्कनेहरुकिन बुझ्दैनन् गाउँले बिना सहर अपूरोछ भन्ने कुरा ।गाउँले सहर छिरेरभाडा तिरेर नबसेके अर्थ आलिसान महलबजारको चहलपहलहँुइकिने मोटर गाडीको ?३।। गाउँमा घरको… पुरा पढौ

लघुकथा : महसुस

"बाबा ! खै मेरो टिफिन ? ""बाबा ! खाना पाकेन, ढिला भैसक्यो भन्या, गाडी आउन लाग्यो । ""बाबा ! छिटो ड्रेस लाइदिस्यो न मलाई ।""बाबा ! मेरो बेल्ट र टाई कहा छ ?" " ए ! पख पख, नकराओ न, खाना पाक्दैछ, म आइहाल्छु अब ।" फडिन्द्र आफ्ना दुइ वटा बच्चाहरुलाई थुम्थुम्याउदैछन, सधैं विहान ओछ्यानमै चिया पिएर ७ :३० मा मात्र उठ्ने बानी परेका फडिन्द्रलाई आज सबैरे उठेर खाना बनाउन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं