कविता : हाय बकबास !

तिमी वकवास बुझ्दैनौ
म यथार्थ बुझ्दिनँ

तिमी बकवासकै कुरा गरिरहेका हुन्छौ
पेपरमा,
युटुबमा,
टुइटरमा,
फेसबुकमा
छोडेनौ यहॉसम्म गुगलमा

र म पढिरहन्छु
पढिरहन्छु
ती तिम्रा बकवास कुरा
सुनिरहन्छु
सत्य सम्झेर

यसैगरी र तिमीले त्यसैगरी दुनियालार्इ
बकवास बनाइ रह्यौ र बनाइरहे गरिखान मान्छेले
र पढिरहे, पढिरहे
र पढाइरहे सोझा मान्छेहरु
पनि बकबासै पढेर भए पनि
केहि हुन्छ कि भन्न ।