साहित्य

गीत : छातीभित्र देश दुख्दा मलम यही माटो

छातीभित्र देश दुख्दा मलम यही माटोअर्को केही छैन प्यारो जननीको साटो बाँच्न पाउँ यहीँँ देशमा मर्न यहीँ पाउँमुटुभरी देश राखी आँखामा सजाउँछ देशको माया गाढा रगतझैँ रातोअर्को केही छैन प्यारो जननीको साटो कहाँ झुक्छ शिर हाम्रो उचाइ सगरमाथायुगौँदेखि लेखिएको वीरताको गाथापछ्याउँदै हिँडू लाग्छ वीरहरुकै बाटोअर्को केही छैन प्यारो जननीको साटो पुरा पढौ

मुक्तकहरु

हो चाकडी गरेपछि सम्मान मिल्छ मेरो देशमादूर देश सरेपछि सम्मान मिल्छ मेरो देशमाबाँचुन्जेल घृणासँगै आरोप अनेक सास्ती दिइन्छआखिर मान्छे मरेपछि सम्मान मिल्छ मेरो देशमा । जीवाणुले मान्छेसँग कस्तो नाता लायोहावा गतिमा फैलिई विश्वभर छायोशाकाहार राम्रो बच्छ जीवन हाम्रोभन्दासीमितको स्वार्थले यहाँ सबले दुःख पायो । प्रकृतिले मान्छेसँग परीक्षा लिइरहेछयति बेला मान्छे निरीह जिइरहेछविवेक गुमाएर स्वार्थ लिप्त भइदिँदाअनेक विपत्तिले जनलाई दुःख दिइरहेछ ।  gkfriend8@gmail.com पुरा पढौ

मुक्तकहरु

आवस्यकता र अभाव फरक फरक हुन्छकस्ले कति पार्छ प्रभाव फरक फरक हुन्छमैलेमात्र यो ठानेर उसलाई झेलिरहेकी छुमान्छे अनुसार स्वभाव फरक फरक हुन्छ । तिम्रै बन्छु म ’नि भन्दै रुनि थिए होलान्सुन्दरताले झन् सजिलै छुनी थिए होलान्धनले मनलाई जित्नी भए ती सोह्र सय गोपिनीकृष्ण छोडी कुबेरका हुनि थिए होलान् । छैन गुनासो गर्नी ठाउँ यत्ति बुझिदिनुस्मुटुभरी छ बिछोडको घाउँ यत्ती बुझिदिनुस्यो सिउँदोमा उनको सिन्दूर लाउने रहर थियोअर्कैले छोप्यो दाउ, यत्ति बुझिदिनुस्… पुरा पढौ

लघुकथा :अनामिका

दाइ दाइ ..... ।परिचीत स्वर जस्तो लाग्यो ।पछाडि फर्केर हेरे ।अनामिका रैछे । आज आठ वर्ष पछि पालिखे चोकमा भेट भयो । पहिला पहिला भेट हुंदा मुठी उचालेर अभिवादन गर्थी । आज दुई हात जोडेर नमस्कार गरी ।मैले पनि नमस्कार फर्काए । म अलि हतारमा थिएँ । अनामिका : दाइ बिजि हो र ? चिया पिउन जाउँन ।म ब्यस्त थिए ।जति ब्यस्त भए पनि उसको कुरालाई नाई भन्न सकिन ।… पुरा पढौ

लघुकथा : साइबर संवाद

सुमुखी, तपाईं कति सुन्दर कविता लेख्नुहुन्छ छन्दमा! अझ वाचन कला त मनमाेहक । म तपाईंको फ्यान नै हुँ । मेरो प्रशंसाले सुमुखीकाे अनुहार चम्किलाे देखिन्छ । उनी मख्ख मात्र होइन गजक्क पर्दछिन् । अनि यसरी बाेल्छिन् - धन्यवाद , सबैले यस्तै भन्छन् । तपाईंले भनेजस्तै ।तपाईंको गला शार्दूलविक्रीडित छन्दका कविता वाचनमा त झनै झङ्कारमय लाग्छ ! हृदयरञ्जक !! म पुनः तारिफ गर्छु । सुमुखी- हो र !, हुन त यसमा… पुरा पढौ

गजल

जीवन बग्नु पर्छ भन्छन् ताल जस्तो रोकिनबस्नु साथीहिडनु बनेर छाल, छहरा, उद्यमबिना रमिनबस्नु साथी सहजै कहाँ के पो मिल्छ र, नफोर्दै पहरा, निमेष नरोकिनुबग्नु नदीझै निरन्तर, पुगे नि सागर थाकी नबस्नु साथी छुनु नै छ जून यदि भने, वरफ नबन्नू, बन्नू बाफ जस्तोउडनु क्षितिजपारी निरन्तर, शित बनेर जमी नबस्नु साथी विजबिषभित्रै भए पनि, नहारी पिउनू बिष हाँसीहाँसीमानव हौ सचेत जगमै, जीवन असफल पारी नबस्नु साथी । (गीतकार, संगितकार, गायक गोपाल… पुरा पढौ

गीत : अलिअलि मिच्दै उस्को देशै खाने दाउ

अलिअलि मिच्दै उस्को देशै खाने दाऊँजाउँ साथी हामी सबै, सिमानामा जाऊँ पटक पटक जुट्नुभन्दा जुटौं एकै पालिदुश्मनलाई रोकौं अब, लगाऊँ तारजालीलिपुलेक, कालापानी, त्यो लिम्पुयाधाराजागौं अब एकै चोटि, जाऊँ नेपाली सारा। भारतीय विस्तारवादको देशै खाने दाउजाऊँ साथी हामी सबै, सिमानामा जाऊ । बसेका छन् हामीलाई मधेसमा कुरीपहाडको बलेसी छ, हिमालको धुरीजानै पर्छ, जाऊँ सबै महाकाली तरीहेपिरह्रो हामीलाई सधैं यसै गरी। बल्झिरह्यो सधैंभरी त्यो सन्धिको घाउँजाऊँ साथी हामी सबै, सिमाना जाऊँ । पुरा पढौ

कविता : के दिऊँ खोई बदलामा मैले ?

ती तिम्रा प्यारका बदलामा मैलेके दिऊँ, के नै दिन सक्छु र ? आशा तिम्रा ,ती महान् आकाङ्क्षादवाइएका ती प्रेम स्वार्थ वा निःस्वार्थजसरी तिमीले दियौ, त्यो प्यारबदलामा म के नै दिन सक्छु र ?मसँग दिने त्यस्तो उपहार छैनमसँग दिने कुनै हार छैनसबै सांरिक भौतिकतालेअसम्पन्न र दरिद्र मकुनै स्वामित्वमा खासै केही छैनसन्सारलाई अमूल्य देख्नेम तिम्रो साथीसंसारबाट हेपिएको भौतिकतालेतिमीलाई उपहार दिन त मन थियोभएर के गर्नु खासै, केही छैनबदलामा दिने कुन‌ै उपहार छैनशुष्क… पुरा पढौ

चार मुक्तक

ठूलो तर सानो सोच राख्छ छिमेकीलेधन, बलको धाकले सीमा नाघ्छ छिमेकीलेमुखमा रामराम बगलीमा छुरा भनेजस्तैअप्ठेरोमा सधैँ माथ ताक्छ छिमेकीले । छिमेकीको महत्व नै नबुझेर होलाअन्यायले सीमा नाघ्दा यो मन कति रोलापराधीनता भोगेकै हो उसले पनि हिजोलौरी बिर्से जस्तै ग¥यो तरेपछि खोला । अनेकानेक हल्लामात्र छर्छ मेरो देशनिर्विकल्प लकडाउन मात्र गर्छ मेरो देशकुटनीतिक पहल भन्छ, मस्त निदाउँछछिमेकीको पेलाइमा पर्छ मेरो देश । यो बजेटले भोको पेट भर्न सक्नुपर्छस्वास्थ्य, शिक्षा दिलाइ दुःख… पुरा पढौ

कविता : लिम्पियाधाराका सकुनहरु

अपसकुन छ दौर्पति कली युगमादुसासनको सकुनपापलोचनमा छ दुर्योधनलीलपुलेकमा सकुनीको अग्नि कुन्दनगान्धारी नराख अबसकुनीका समिपमा कौरवहरुलार्इअन्यत्र त भिस्मका स्वाभिमान र प्रतापहरु पनिकलंकित हुनेछन् कंलकित हुनेछन्बिदुर ,दोर्णचार्य रआचार्यहरुनपरोस् कसैलाइ यो यो महापर्लयमाआफ्नै भाइहरुसंग भाइहरु युद्द गर्नुपर्ने दिनयो महापर्लयको मौका छोपेरदुर्योधनहरुले कालापानीमा प्रतिघात गर्ने दिन स्कन्ध, सूर्यको परागमा कसरी अन्धभक्त भइन् कुन्तिर सुम्पिन कर्णलार्इ बेपर्वाह नदीमाके युधीस्ठिर बन्न सक्छन् पेर्माकृतउद्वेलित सूर्यको कवचसंग १हो कृस्ण, कुन पेर्मको उजागर गर्यौ द्रौपदीमा ?पॉच पतिकापाँच सम्बोधनहरुके मर्यादामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं