नवजात शिशुलाई स्तनपान गराउँदा, स्याहारसुसार गर्दा उनलाई अपूर्व आनन्दको अनुभूति भयो । धेरै दिन र महिना बित्यो, उत्राको उत्रै जस्तो लाग्यो उनलाई । उनलाई लाग्यो, उनले धेरै धैर्य गरिन्, तर अब सकिन्न ।
एक दिन छोरो च्यापेर उनी डाक्टरकहाँ पुगिन् ।
“डाक्टर ! छोरा छिट्टै ठूलो हुनुप¥यो । परेको म बेहोर्छु ।”
डाक्टर असमन्जसमा परे ।
उनले भने, “ग्रोथ, आई मिन इन्क्रिजमेन्ट कन्टिन्यु प्रोसेस हो ।”
“म त्यो जान्दिन । थाहा छैन भने पत्ता लगाऊ । यत्रो डेभलपमेन्ट भएको बेलामा यो एउटा कसो नहोला ? मलाई मेरो छोरा छिट्टै ठूलो हुनुप-यो । जमाना छलाङको छ । यो झ्याप्प ठूलो भइहाल्नु प-यो । आजै, अहिल्यै, नत्र … ।”
“भइहाल्छ–भइहाल्छ । ऊ त्यो भित्री कोठामा लैजाऊ !”
उनी पनि क्लिनिकको भित्री कोठामा पुगे । उनले इन्जाइमोलिन तयार पारे र तीन ड्रप शिशुका मुखमा चुहाइदिए ।
अनि भने, “अब यो ड्रप तीन दिनसम्म तीनतीन घन्टामा तीनतीन ड्रप, त्यसपछि यी यो सिरप तीन दिनसम्म तीनतीन घन्टामा तीनतीन ड्रप, अनि यो क्याप्सुल तीन दिनसम्म छछ घन्टामा एकएक क्याप्सुल खुवाउनु । यी यो तेलले दिनहुँ मालिस गर्नु । नत्र स्किन फाट्छ ।”
उनी छोरा र औषधी बोकेर घरतिर हानिइन् । भनेअनुसारको समयमा औषधी ख्वाउने र तेल घस्ने काम गरिन् । छोरा बाँसको तामाझैँ हलक्क बढ्यो । सुरुसुरुमा त उनको खुसीको सीमा रहेन ।
दसौँ दिन उनी आफू जत्रै छोरो लिएर पुनः क्लिनिकमा पुगिन् ।
भनिन्, “डाक्टर ! यसलाई यत्रो होइन, त्यत्रै बनाइदिनुप-यो । यो त हदै भयो ।”
“के हदै भयो ?”
उनले रुँदै भनिन्, “घरि गाला चाट्छ । घरि स्तन माड्न थाल्छ मोरो । घरि मेरो पेन्टी तल सार्न खोज्छ । मलाई बचाउनुस् । यसलाई त्यत्रै बनाइदिनुस् ।”
डाक्टरले भने, “छिटो बढाउनेसम्मको मेडिसिनको खोजी भएको छ, त्यो दिएँ, तर एन्टी इन्क्रिजमेन्टको मेडिसिन बनेकै छैन ।”




