युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि तिमिल्सिना सर्वसम्मत अध्यक्ष बनेका हुन् ।
वरिष्ठ उपाध्यक्षमा शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष सूर्यबहादुर बानियाँ, द्वितीय उपाध्यक्ष दिनेश सुनार, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिव विष्णुकुमार गुरुङ र सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भए । कार्यसमिति सदस्यमा पूर्णकुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदमबहादुर कार्की -विजय), गणेशबहादुर खड्का, सुरेश थापा, धनराज गुरुङ, मिलनबहादुर अधिकारी र कृष्ण गौतम छन् ।
कार्यक्रममा पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले विभिन्न सामाजिक कार्यमार्फत छुट्टै पहिचान बनाउन सफल भएको बताए । ‘पछिल्लो समय जेन्जी आन्दोलन र रसुवा–भोटेकोशी बाढीबाट प्रभावित विपद् पीडितलाई सहयोग गर्दै क्लबले अनुकरणीय काम गरेको छ,’ वडाध्यक्ष बास्तोलाले भने ।
निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले पोखरा महोत्सवमार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र पोखरामा चिडियाखाना निर्माणको पहलकदमी गर्दै आएको स्मरण गरे । कार्यक्रम क्लब अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको थियो ।




