बाढीपीडितलाई मदरल्यान्डले दियो ८ लाख

भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुनस्र्थापनाका लागि पोखराको मासवार स्थित मदरल्यान्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो । प्राचार्य डा नारायण बरालले काइन्डनेस क्लब मदरल्यान्डका सदस्य विद्यार्थीको सक्रियतामा विद्यार्थी, शिक्षक, कर्मचारी एवं विद्यालयको तर्फबाट रकम जम्मा गरिएको जनाए ।

…प्राकृतिक विपत्लाई हामी रोक्न त सक्दैनौ, तर, त्यसबाट हुन सक्ने हानि, नोक्सानीलाई जनचेतना र थप सजगता मार्फत धेरै हदसम्म कम गर्न सकिन्छ,Ú प्राचार्य बरालले भने, …विद्यार्थी र विद्यालयको सानो सहयोगले पीडित नागरिकको पीडामा थोरै भए पनि राहत मिल्ने अपेक्षा छ ।’

मदरल्यान्डका विद्यार्थीले पोखराका विभिन्न स्थानमा प्राकृतिक विपत् र त्यस्ता विपत्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि गर्ने गरेको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए ।