रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु १ करोड १ लाख (१,०१,००,०००) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
हालैको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा धनजनको क्षति भएको प्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले खोज, उद्धार र तत्कालीन राहतका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।
सहयोग रकमको विवरण:
पहिलो किस्ता: मिति २०८३/०५/११ मा रु २१ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको।
थप घोषणा: रु ८० लाख थप गरी जम्मा रु १ करोड १ लाख पुर्याइएको।
उक्त सहयोग रकमको चेक मिति २०८३/०५/१२ मा अर्थ मन्त्रालयमा माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भिष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरेका हुन्।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा मृतकलगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।




